
पोखराको एभरेष्ट बैंकमा ढुङ्गा प्रहार
पोखरा, ३० वैशाख/ पोखराको न्युरोडमा रहेको एभरेष्ट बैंकको शाखामा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहारबाट बैंकको सिसा फुटेको छ ।
मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको भागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले १ बजेर ४५ मिनेट जादा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंक शाखामा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको बताएको छ ।
बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







