पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०८१ मा प्रकाशित


पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ

पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ

पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा स्थित रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट प्रहरी टोलीले तोडफोडमा संलग्नलाई पक्राउ गरेको हो । सहकारीका कर्मचारी माथी हातपात, कागजपत्र हिनामिना तथा टेलीफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएका थिए ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँ पालिका ५ रिवानका प्रकाश बिक, झापा भद्रपुरका राजिव प्रसाई, पोखरा २७ लेखनाथका गणेश शाही, समिन बिक, संजिप सुनार, यम बहादुर चौरेली, कृष्ण कुमारी चौरेली, कमला चन्द र नवलपरासीका बिष्णु बोहरा रहेका छन् ।