स्वास्थ्यकर्मी तथा फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

-


     क्लिक गण्डकी     
     जेठ ९ गते २०८१ मा प्रकाशित


चेतबहादुर गुरुङ

चेतबहादुर गुरुङ

पोखरा, ९ जेठ/ स्वास्थ्यकर्मी तथा फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा निधन भएको हो ।

उनी निमोनियाबाट ग्रसित थिए । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण पनि गरिएको थियो । २०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाटमा बस्दै आएका थिए । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् ।

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए ।

गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि सञ्चालनमा आएको थियो । गुरुङको शव शुक्रबार पोखरा ल्याउने र त्यसपछि अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ ।



Tags: