
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, ११ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको हो ।
पोखरामा बिहीबार देखि तापव्रmम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम केहिदिन रहिरने विभागले जनाएको छ ।
विभागका अनुसार नेपालगञ्ज, धनगढीमा ४० डिग्रिको उच्च तापक्रम छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ ।
पोखरामा मंगलबार जेठ १० गते अधितम ३२ दशमलव ४ र न्युतनम २२ दशमलव ६, शुक्रबार अधितम ३४ दशमलव ८ र न्युनतम २२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०८० जेठ २६ गते ३६ डिग्री सेल्सियस, २०७९ असार ३१, २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो ।
त्यसै गरी २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।
पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।





