पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

-

     क्लिक गण्डकी     
     जेठ १० गते २०८१ मा प्रकाशित

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

पोखरा, १० जेठ/ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले पोखरामा टायर बालेर प्रदर्शन गरेको छ ।

बिहीबार साँझ नेविसंघले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।
उनीहरूले गृहमन्त्री लामिछानेको पुतला दहन गरे ।

गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायत नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको छ ।