पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०८१ मा प्रकाशित


पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामको टोलीले ६ जनालाई पक्राउ गरेका छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घर कोठामा जुवातास खेलिरहेका ६ जना सहित नगद १५ हजार २ सय २५ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा ८ म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा ७ रत्नचोकका अर्जुन कुमार श्रेष्ठ, शिव बहादुर बिक, बसन्त केसी, बसन्त लामा, कृष्ण रावत र गोकर्ण श्रेष्ठ रहेका छन् ।



Tags: