
नेपाल आइडलको टप ९ मा पर्न सफल सुनिललाई हिमाल कलेजको स्वागत
पोखरा, १४ जेठ/ पोखरा ४ बगालेटोलमा रहेको हिमाल कलेजले नेपाल आइडल सिजन ५ को उत्कृष्ट ९ मा पर्न सफल सुनिल विश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ ।
हिमाल कलेजमा कक्षा ११ मा अध्ययनर सुनिललाई कक्षा ११ विद्यार्थी र कलेजले स्वागत तथा सम्मान गरेको हो ।
उनलाई कलेजले नेपाल आइडलको उत्कृष्ट ९ सम्म पुग्नुपनि ठुलो उपलब्धी भएको भन्दै आगामी सांगितिका यात्राको सफलताको शुभकामना दिए ।
क्याम्पस प्रमुख जनक पौडेलले सुनीलमा संगित प्रतिको लगाब र सिक्ने उत्साह भएको बताए । उनले आगामी दिनमा पनि सांगितिक क्षेत्रमा सफलता मिलिरहने बताए ।
कलेजका शिक्षक तथा सञ्चालक चेतनाथ भण्डारीले सुनिलको नेपाल आइडलको सिजन ५ को यात्रा टुगिए पनि सांगितिक यात्रा थप फराकीलो भएको बताए । उनले केही समयमा सुनिल नेपाली सांगितिक क्षेत्रमा उत्ष्कृट कलाकार बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उनलाई साथीहरुले सांगितिक यात्राको थप सफलताको शुभकामना दिदै आउने दिनहरुमा सांगितिक कोसेलीहरु सुन्न पाइने विश्वास व्यक्त गरे ।





