पोखरा, २० माघ/ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् । नेपाल आइडल…
पुरा पढौ