
स्पा (मसाज) सेन्टर
पोखरा, १२ जेठ/ पोखरा लेकसाइडमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ ।
लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ५ जना बालिकाको उद्धार गरेको हो ।
प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर अनुगमन गरेको थियो ।
प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना, पञ्चासे स्पा पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।





