
हावाहुरीले टिन उडाए पछिः तस्बिर प्रकाश खनालको फेसबुकबाट
पोखरा, १८ जेठ/ कास्कीको रुपा गाउँपालिकामा बिहीबार साँझ आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ ।
हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका– १ र २ वडाका स्थानीयको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको छ । हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात, लत्ताकपडा पानीले भिजेका छन् ।
यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानी स्थित कोट मन्दिरको छानो समेत उडाएको छ ।
क्षेतिको विवरण :-
- जिल्ला कास्की रुपा गा.पा. वडा नं. १ च्यार्पे बस्ने नर माया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको, घर भित्र राखिएको अन्नपात लत्ता कपडा भिजेर क्षेति भएको ।
- जिल्ला कास्की रुपा गा.पा. वडा नं. २ छापडाँडा बस्ने सोम बहादुर खड्काको २ तले कच्ची धनसारको छानो उडाएको, धनसारमा रहेको अन्नपात भिजेर क्षेति भएको ।
- जिल्ला कास्की रुपा गा.पा. वडा नं. २ माझकोट बस्ने हर्क बहादुर गुरुङको २ तले कच्ची घरको टिनको छाना उडाएको ।
- ऐ.ऐ. ६ जामुने बस्ने चिजा माया गुरुङको बाख्राको खोर र ट्वाईलेटको टिनको छाना उडाएको ।
- ऐ.ऐ. बस्ने कसिला गुरुङ ब्लकले बनेको टिनले छाएको १ तले घरको टिनको छाना उडाएको ।
- ऐ.ऐ. बस्ने प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र ट्वाईलेटको छतमा राखेको ड्रम उडाएको।
- ऐ.ऐ. बस्ने गंगा गुरुङको घरको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने राज कुमार तामाङको १ तले ब्लकले बनेको घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. ६ मियागाउ बस्ने अब्बस अलि मियाको ब्लकले बनेको १ तले घरको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने अबदुल मियाको ब्लकले बनेको १ तले घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने रजिना मियाको ब्लकले बनेको घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने मैमुन मियाको ब्लकले बनेको घरको टिनको छाना उडाएको ।
- ऐ.ऐ. बस्ने लैलातान मियाको ब्लकले बनेको घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने कृष्ण बहादुर थापाको २ तले घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. बस्ने तसबिरन मियाको १ तले घरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. भिरचोक बस्ने जानकी गुरुङको मौरीको घार र ड्रम उडाएको ।
- ऐ.ऐ. चिसापानी स्थित कोट मन्दिरको टिनको छानो उडाएको ।
- ऐ.ऐ. थापा गाउको कुल मन्दिरको टिनको छानो उडाएको ।







