सगरमाथा आरोही बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि

-


     क्लिक गण्डकी     
     जेठ १८ गते २०८१ मा प्रकाशित


सगरमाथा आरोही बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि

सगरमाथा आरोही बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि

पोखरा, १८ जेठ/ सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएका पोखराका पर्यटन व्यवसायी बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि भएको छ । पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले जेठ ९ गते बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

तर उनको खुसी धेरैबेर टिकेन । आरोहणबाट फर्किने क्रममा सोही दिन साँझ चौथो शिविरमाथि (करिब ८२५० मिटर उचाइ) आइपुग्दा उनी बेपत्ता भएका थिए । उनको शव जेठ ११ गते फेला पारी हेलिकोप्टरमार्पmत काठमाडौ ल्याएको थियो ।
उनका शुक्रबार शवयात्रा सहित पोखरा परिक्रममा गरेर अन्त्येष्टि गरेका हुन् ।

पोखरा महानगरपालिका आयोजना गरेको शोकसभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महागनरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोती तिमिल्सिना, पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा लगाएतले श्रद्धाजली व्यक्त गरे ।

उनीहरुल नेपाल र पोखरा महानगरको झण्डा ओडाएका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले कास्कीबाट एउटा आरोही गुमाउनु पर्दा दुःखद भएको बताए । आरोही बस्ताकोटीलाई नगरप्रहरीले सलामी दिएको छ ।

बस्ताकोटीले घरका सदस्यलाई समेत सरप्राइज दिन जानकारी नै नदिइ सगरमाथा आरोहण गर्न गएका थिए । एक्कासि मृत्युको खबरले घरपरिवार शोकमा छ । गत वैशाख २१ गते उनले पर्यटन विभागबाट आरोहणका लागि अनुमति लिएका थिए ।

उनी पायोनियर एभरेस्ट एक्सिडिसन २०२४ नामक आरोहणदल मार्फत आरोहणमा गएका थिए । उनका श्रीमती सिर्जना र १ छोरा छन् । यसैबीच पोखरा २६ ले वडा रत्न घोषणा गरेको छ । वडाका एक युवालाई बार्षिक रुपमा साहसी युवा सम्मान प्रदान गरिने पनि घोषणा गरेको छ ।



Tags: