काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना

-


     क्लिक गण्डकी     
     जेठ १७ गते २०८१ मा प्रकाशित


काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना

काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना

पोखरा, १७ जेठ/ काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा बिहान ३ः४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।

बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६ वर्षीय बलबहादुर फगामी मगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् ।

मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।