पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ३१ गते २०८१ मा प्रकाशित


पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई जना पक्राउ

पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई जना पक्राउ

पोखरा, ३१ जेठ/ पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुटेन् दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी बस्ने ३२ बर्षीय सागर नेपाली र २१ बर्षीय सुजित नेपाली छन् ।

आइतबार राति ९ बजे पोखराको पृथ्वीनारायण क्याम्पस पछाडिको चौरमा दुई महिलालाई खुकुरी देखाएर लछारपछार पारी सागर र सुजितले मोवाइल लुटेका थिए ।

पीडित महिलाले आफूहरु लुटिएको सूचना प्रहरीलाई दिएपछि वडा प्रहरी कार्यालयबाट टोली खटिएर दुई युवकलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट लुटिएको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकहरु विरुद्ध जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।