
दुर्घटना
पोखरा, ३१ जेठ/ बुटवलमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको डीएसपी मनोहर भट्टले जानकारी दिए ।
घाइते हुनेमा बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ रहेका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लु २ च ८५३१ नम्बरको कार अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।