पृथ्वीराज मार्गमा अन्तरगत फिस्लिङमा बस र कार ठोकिए

-


     क्लिक गण्डकी     
     असार १ गते २०८१ मा प्रकाशित


पृथ्वीराज मार्गमा अन्तरगत फिस्लिङमा बस र कार ठोकिए

पृथ्वीराज मार्गमा अन्तरगत फिस्लिङमा बस र कार ठोकिए

पोखरा, ३२ जेठ/ पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ फिस्लिङमा बस र कार ठक्कर खादाँ १२ जना भन्दा बढी घाइते भएका छन् ।

विहान ७ बजे नेपालगञ्जबाट काठमाडौँ जादैँ गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बागमती प्रदेश ०१० २९ च ३७२० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भरतपुर पठाइएको छ । कारसंग ठोक्किएर बस त्रिशूली नदी किनारमा खसेको छ ।



Tags: