कास्कीको काँडेमा कार दुर्घटना

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १८ असार/ कास्कीको अन्नपुर्ण गाउँ पालिका ३ काँडेमा कार दुर्घटना भएको छ । ग ३ च ५३६३ नम्बरको कार नियन्त्रण गुमाई सडकको दाँया साईडमा पल्टिएको थियो ।

कार दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये ३ जना घाईते भएका छन् । उनीहरुको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कारका चालक जिल्ला पर्वत जलजला गाँउ पालिका ६ का ४४ बर्षीय सनम पुन, १५ बर्षीय शुशिला पुन र कुश्म १२ का ४२ बर्षीय किशोर सापकोटा रहेका छन् ।

उनीहरुलाई टाउको, ढाड र अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: