
अर्जुनबहादुर थापा
पोखरा, ९ असार / तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङका अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल भएका छन् ।
उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रबार छनोट भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा छन् ।
प्रतियोगितामा विजेतालाई २५ हजार डलर नेपाली करिब २७ लाख नेपाली रुपियाँका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।
नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटेलमा काम गर्दै आएका नेपाली सेफ थापा हाल बेलायतमा बस्दै आएका छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो ।
प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताउनु भएका सेफहरूबिच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।
८९ जनामध्येबाट पाँचमा उत्कृष्टमा छनोट भएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताए । बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसकेका छन् । थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड जितेका थिए ।
भोटिङका लागि





