समाचार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (पोखरा क्षेत्रमा कति)

नेपाल आयल निगम
पोखरा, ३१ साउन /नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले सूचना जारी गरेको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पाल्पाको लाखे नाच पोखरामा देखाइने
पोखरा, ३१ साउन/ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ । न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव… पुरा पढौ

पोखराका रात्रिक्लब र दोहोरी साँझबाट ७ बालिकाको उद्दार

पोखरा, ३० साउन/ पोखराका रात्रि क्लब र दोहोरी साँझबाट प्रहरीले ७ जना बालिकाको उद्दार गरेको छ । मंगलबार राति जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलीले ७ बालिकालाई उद्दार गरिएको हो । पोखराका रात्रिकालीन व्यवसायहरुमा बलिकाहरुलाई काममा लगाएको पाइएकाले ७ जना बलिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पोखरा ९ मा रहेको क्लब डी बाट ३ जना, चिप्लेढुङ्गा स्थित गाउँ सहर दोहोरी… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल विजयी (कस्को कति मत)

किशोर दाहाल
पोखरा, २९ साउन/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन भएका छन् । समितिको महासचिबमा चेतबहादुर कार्की, सचिबमा नवराज भण्डारी, सहकोषाध्यक्षमा संदिप श्रेष्ठ चयन भए । उनीहरु निर्विरोध चयन भएका हुन् । अन्य पदमा भने निर्वाचन भएको छ । प्रथम उपाध्यक्षमा संगिता पौडेल ८२ मत प्राप्त गर्दै विजयी भइन् । उनले अघिल्लो कार्यसमितमा द्धितिय उपाध्यक्षमा रहेकी कमला गिरीलाई हराइन् । गिरीले ४२ मत प्राप्त गरिन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा राजेश पहारी ६५ मत… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन समितिले बुझायो

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, २९ साउन/ पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष छानविन समितिले निकालिएको छ । पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रतिवेदन बुझाएको छ । साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा बस दुर्घटनामा परेको थियो । दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो भने… पुरा पढौ

पोखरामा हतियार देखाई लुटपात गर्ने ५ जना पक्राउ

पोखरामा हतियार देखाई लुटपात गर्ने ५ जना पक्राउ
पोखरा, २८ साउन/ पोखरा ६ लेकसाईड स्थितमा २० बर्षीयकी एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर र मोटरसाईकलमा अपरिचित ब्यक्तिले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखि डर त्रासमा पारी महिला सगँ भएको गहना र पैसा लुटेका थिए । दुई तोला बराबरको सुनको सिक्री एउटा, नगद १२ हजार र लेदरको कालो रङको ज्याकेट लुटी फरार भएका थिए । प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा… पुरा पढौ

‘दारी ग्याङ’ को रक्तदानमा ८२ युनिट रगत संकलन

‘दारी ग्याङ’ को रक्तदानमा ८२ युनिट रगत संकलन
पोखरा, २८ साउन/ युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । ‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए । गौतमको रक्तदान यो ५५ औं पटक… पुरा पढौ

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड

पोखरा, २८ साउन/ पोखरामा साउनको सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, पोखरा २३ ठुलाखेतमा रहेको सिद्धबराह मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड् लाग्यो । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम… पुरा पढौ

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार
काठमाडौं, २७ साउन/ सेलवेज तथा सेल्सबेरी संचालन गरेको लक्की ड्रमा सितापाइलाकी कृर्ति नकर्मीे एमजीको इभि कार जितेकी छन् । सेलवेज क्यास एण्ड क्यारी प्रा. लिले सञ्चालन गरेको सेलवेज र सेल्सबेरीले ग्राहकलाई लक्की ड्रमा उनले बम्पर उपहार कार जितेकी हुन् । साउन २६ गते खोलीको लक्की ड्रमा विनायक कोलोनीका रोशा ताम्राकारले पहिलो उपहार इलेक्टिकल स्कुटर जितेका छन् । त्यसै गरी भैसेपाटीकी वर्षा श्रेष्ठले दोस्रो उपहार स्माट टिभि जित्न सफल भएकी छन् । तेस्रो उपहार मुलपानीका रोशन राइले माइक्रो ओभन जित्न सफल… पुरा पढौ

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण
पोखरा, २७ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले… पुरा पढौ

This will close in 10 seconds