पोखराको मारवाडी सेवा भोजनालय २ लाख जरिवाना

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०८१ मा प्रकाशित


पोखरा मारवाडी सेवा भोजनालय २ लाख जरिवाना

पोखरा मारवाडी सेवा भोजनालय २ लाख जरिवाना

पोखरा, २० असोज/ पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई कास्की प्रशासनले २ लाख जरिवाना गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा आयोजना गरिएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाजा मारवाडी सेवा भोजनालयले लगिएको थियो ।

खाजामा अखाद्यय पद्र्धाथ भेटिएपछि कार्वाही गरेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत सार्वजनीक गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको पाईएकोले भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख बमोजिम २ लाख जरिवाना गरेको उल्लेख गरेको छ ।