पर्वत आरोहणमा युवाहरुको आकर्षण बढ्दो, औपचारिक शिक्षा नेपालमा मात्रै

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०८१ मा प्रकाशित


पर्वत आरोहणमा युवाहरुको आकर्षण बढ्दो, औपचारिक शिक्षा नेपालमा मात्रै

पर्वत आरोहणमा युवाहरुको आकर्षण बढ्दो, औपचारिक शिक्षा नेपालमा मात्रै

पोखरा, २० असोज/ पछिल्लो समय पर्वत आरोहणमा युवाहरुको रुचि बढेको छ । प्राकृतिक सुन्दरतामा रमाउन पाईने हुनाले पनि युवाहरुहरु यसप्रति आकर्षित भएका छन् ।

यसै अवसरमा ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) गण्डकीले थोरङ्गला पिक ६१४४ मि को सफल आरोहण १६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ।

उनीहरु नेपाल माउन्टेन एकेडेमीमा स्नातक तह विएमएसमा अध्ययनरत सातौं सेमेस्टरका विद्यार्थीहरु हुन् । उनीहरुले यहि असोज १७ गते विहान ७स्१५ मा थोरङ्गला पिकको सफल आरोहण गरेका हुन ।

आरोही विद्यार्थीहरुलाई बधाई दिदै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल संस्कृति र प्रकृतिको धनी देश भएको बताउँदै पर्वतारोहणको क्रममा आईपर्ने हरेक परिस्थितिमा सहयोग लागि प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।

उनले अहिलेका नयाँ युवा पुस्तामा भएको जोश जाँगर हाम्रै देशमा उपयोग गरि स्वभावलम्वन बन्नुपर्नेमा जोड दिए । उनले युवा जनशक्तिमा नेपालमै बसेर गर्न सक्छौं भन्ने हिम्मतका साथ अगाडि बढ्ने वातावरण गण्डकी प्रदेश सरकारले बनाउन लागिरहेको बताए ।

पर्यटन बोर्डका कुन्दन मिश्रले नेपालमा नै पर्यटन क्षेत्रमा पनि केहि न केहि गर्न सकिन्छ भन्ने कुराको उदाहरण सफल आरोहि विद्यार्थीहरुबाट अरुले पनि सिक्नुपर्ने बताए ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकी प्रदेशको एउटा आइकोनिक रहेको थोरङको सफल आराहेण गरेमा खुसी व्यक्त गरे ।

उनले माउन्टेन लाइफ भनेको धेरै धेरै टफ हो , पहिलापहिला राई समूह शेर्पा समूहले मात्रै हिमाल आरोहण गर्थे भने अहिले नेपालभरिका जात रङ्गभेद सबै मानिसहरू हिमालसँग जोडिन पुग्दा समाजलाई राम्रो मेसेज पुग्ने विश्वास व्यक्त गरे।

उनले टान गण्डकी पर्वत आरोहण गर्ने विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै यसका लागि माउन्टेन एकेडेमीसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

पिक प्रोमोसन प्रा लिका कार्यकारी निर्देशक आङ बाबू शेर्पाले लजिस्टिक तथा रिसर्चको रुपमा आरोहणको व्यवस्थापन गरि यो सफलता एतिहासिक रहेको बताए । उनले माउन्टेन क्लाइम विगत लामो समयदेखि ५०० मिटरको पिक ६०० मिटरको पिक अध्ययनको क्रममा उनीहरूले पढ्दै जाँदा माउन्टेन क्लाइम गरेपछि उनीहरुको सेमेस्टर समाप्त हुने बताए ।

प्लस टु पछि विद्यार्थीको विदेश पलायन र कलेजमा विद्यार्थीको खडेरी भईरहेको अवस्थामा यस्तो कोर्ष भुगोल सुहाउँदो रहेको, ९० प्रतिशत विद्यार्थीहरु काममा रहेको, विभिन्न एक्सपिडिसन तथा ट्रेकिङ कम्पनीदेखि , ईन्जिनियर र ४ जना पाईलट विएमएस अध्ययनरत रहेका छन् ।

कार्यक्रममा ग्याल्जेन शेर्पा इन्टरनेसनल सर्टिफाइड माउन्टेन गाइड माउन्ट क्लाइमिङ गर्दाखेरि क्लाइमिङ मात्र नभएर रिसर्च सक्षमता कसरी बाँच्ने भनेर प्रशिक्षण लगायत सबै कुराको अध्ययन गरिने जानकारी दिए।

विद्यार्थीहरू हिमाल मात्रै चढ्ने नभएर हिमालको पानी, खेल, ग्लेसियर मेल्टिङको विषयमा र क्लाइमिङ मात्रै नभएर रिसर्च स्पेसिफिक एडभान्स रिसर्च गर्ने शेर्पाको भनाई छ ।

क्लाइमेट सम्वन्धी विषय भएकोले पर्यटनको माध्यमबाट देशको विकासमा सहयोग पुग्ने उनको विश्वास छ । विदेशका विद्यार्थीहरू पनि यो विषयमा अध्ययन गर्न इच्छुक भएको र कलेजको मापदण्डलाई स्वीकार्य गरेर अध्यापन गराउन सकिने उनले बताए ।

उनले ११ चोटी सगरमाथा आरोहण गरेर विद्यार्थीहरूलाई विभिन्न ट्रेनिङहरू दिएर बेसिक लेभलबाट एडभान्ससम्म जानकारी दिने गरेको उल्लेख गरे ।

उनले २०११ मा एक्सेन्ट दट कोर्स गरेको विभिन्न हिमाली क्षेत्रमा र पर्वत आरोहण गर्ने बेलामा नयाँ ट्रेक रुटहरूको आविष्कार गर्न र खोज्न परीक्षण गर्नको लागि नै आबद्ध भएको कुरा बताए।

१६ विद्यार्थी आरोहिहरुले हिमालमै गएर हिमाल आरोहण कसरी गर्ने रु ग्लेसियर वाकिङ, र्यापेलिङ, एसेन्डिङ,डिसेन्डिङ, रेस्क्यु , लगायत प्रत्येक विद्यार्थीले एउटा रिसर्च टपिकमा आफ्नो अध्ययन पूरा गरेका छन् ।

उनीहरुले मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन कसरी सुरु भयो देखि लिएर हिमाल आरोहणमा प्रयोग हुने सामाग्रीको परिक्षण, लिभ नो ट्रेस, ट्रेलमा रहेको फोहोरको अवस्था तथा एक्यापको भुमिका , आरोहणको क्रममा हुने बडि वेट लस, थोरङ हिमालको हिउँको अवस्था, लजिस्टिक व्यवस्थापन लगायत थोरङ पिकको प्रोफालिङको कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा क्ष्ँःन्ब् न्गष्मभ गेल्जे शेर्पा प्रमुख प्रशिक्षक, पेम्बा ओङ्छु शेर्पा र नरबहादुर स्थानीय प्रशिक्षकको रुपमा सहभागी थिए ।

थोरङ पिक पास गरेका विद्यार्थीहरूको सम्मान कार्यक्रममा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरि भुजेल, अन्तर्राष्ट्रिय सरफिट्स माउन्टेन गाइड शेर्पापेम्बा माउन्टेन गाइड वाञ्चु शेर्पा, अस्थानी माघ नेपाल माउन्टेन गाइड ,माउन्टेन एकेडेमी सुपरभाइजर आलोक खतिवडा र विद्यार्थीहरू आशिष रवाई ,विक्रम लामा, विवेक शाह, आयुष तिमिल्सिना, बिबर कुर्नाल, जोन बिक्र, इशान काफ्ले, माइगुरा शेर्पा, मिग्मा छिरिङ शेर्पा, प्रकाश गुरुङ, प्रकाश रिजाल, सुजन स्व, सुमन लिम्बु, सौगात खड्का,सयत न्यौपाने ,दिपेन्द्र कौरुङ ,करण महा गुरुङ ,युबक ब्रिटा ,प्रशान्त गिरी लगायतको उपस्थिति थियो ।

विश्वमा एक मात्रै पर्वत आरोहण सम्वन्धी अध्ययन हुने ठाउँ हो नेपाल माउन्टेन एकेडेमी । पर्वत आरोहण सम्वन्धित व्याचलर र मास्टर्ससम्म अध्ययन गर्न सकिने यो कलेज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्दछ । नेपाल माउन्टेन एकेडेमीबाट पर्वत आरोहण सम्वन्धित टियुको मान्यता प्राप्त गर्न सकिन्छ।



Krishna Pathak

This will close in 10 seconds