समाचार

पोखरा २६ को सरसफाई अभियानमा जोडिए तीन हजार नागरिक

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन बितरण
लेखनाथ, २२ साउन/ पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको सरसफाई अभियानमा झण्डै तीन हजार वडाबासी जोडिएका छन् । शुक्रबार देखी चारदिनसम्म संचालन भएको अभियानको सोमबार समापन गर्दै, वडा अध्यक्ष्य नरेन्द्र थापाले टोलहरुमा सरसफाईका बारेमा चेतना विस्तार भएको उल्लेख गरे । अध्यक्ष थापाले अभियानले आफ्नो टोलको आफैले सफा गर्नु पर्ने सन्देश नागरिकलाई दिएको बताउँदै, सरसफाईको कार्यलाई तालिका बनाएर लागु गर्न आग्रह गरे । वडाका सवै टोलमा पुग्दा घरमा पालेका कुकुर धनीले अरुको गेट, सार्वजनिक स्थल र बाटोमा शौच गराउने… पुरा पढौ

पार्टी भित्र कुनै गुट छैन, गुटको कुरा गर्नेको विरोध गर्नुपर्छ – इन्चार्ज किरण गुरुङ

पोखरा, २० साउन/ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो ।… पुरा पढौ

पोखरामा वीमाबाट २ करोड लिन आफ्नै पसलमा आगो लगाउने पक्राउ

पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी
पोखरा, २० साउन/ पोखरा ६ नारेश्वरमा केही दिन अगाडी एक पसलमा लागेको आगो पसल आफैले लगाएको खुलेको छ । वीमा कम्पनीबाट रकम असुल्न गर्न सुजन गहतराजले साउन १६ गते अर्को एक जनाको सहायताले पसलमा आगो लगाएका थिए । उनलाई साथी पवन नेपालको सहयोग गरेका थिए । पोखराको नारेश्वरस्थित मुक्तिनाथ सपिङ सेन्टर प्रालिमा आगो लगाएका थिए । पवित्रा अधिकारीको नाममा रहेको पसल डा. थानेश्वर पहारीको घरमा सञ्चालित थियो । आगलागीको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय वैदामका प्रमुख सन्तोष निरौलाको कमाण्डको प्रहरी… पुरा पढौ

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला, बेपत्ता स्विडेनका नागरिक लिउ हुन सक्ने

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला, बेपत्ता स्विडेनका नागरिक लिउ हुन सक्ने
पोखरा, २० साउन/ कास्की मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो । आधार शिविरको मुख्य बाटोभन्दा एक हजार मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट भेटिएको हो । भेडा चराउन गएका गोठालाले कंकाल देखेपछि वडामा खबर गरेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।४ हजार ५ सय मिटरको उचाइमा कंकाल देखेपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई… पुरा पढौ

पोखरामा भदौ १५ मा ‘चमेली’

पोखरामा भदौ १५ मा ‘चमेली’
पोखरा, १९ साउन/ हरितालिका तीजको अवसरमा पोखरामा भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ । ‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला, कस्मेटिकको आठ… पुरा पढौ

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन बितरण

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन बितरण
पोखरा, १९ साउन/ पोखरा महानगरपालिका वडा नंं २६ ले शुक्रबार देखी वडाका टोलमा सरसफाई र जनगुनासो सम्वोधन अभियान शुरु गरेको छ । वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालवेसी, घैटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान शुरु भएको हो । कार्यक्रमको शुभारंभ गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यालयमा बसेरमात्रै जनताको गुनासो थाह नहुने भएकाले टोल टोलमा अभियान लिएर आएको बताउनु भयो । अध्यक्ष थापाले टोल सरसफाई पनि हुने र जनताको गुनासो सुन्न पनि पाईने भएकाले कार्यक्रम संचालन गरेको… पुरा पढौ

पोखरा आउदै गरेको बुद्धको जहाजमा प्राविधिक समस्या देखी पछि काठमाडौं फिर्ता

बुद्ध एयर
पोखरा, १८ साउन/काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गरकोछ छ । ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिए पछि काठमाडौं फर्किएको हो । जहाज काठमाडौंबाट उडेको केही समयमा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्किएको हो । प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले जानकारी दिएको छ । पुरा पढौ

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनौट

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनौट
पोखरा, १८ साउन/ गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो । यसकालािग ६ जना ‘लाटोकोसेरो संरक्षण दूत’ छनौट भएका छन्। यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण… पुरा पढौ

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार
पोखरा, १८ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा… पुरा पढौ

पर्वतारोही पूर्णिमालाई एक लाख नगदसहित पब्लिक फोरकेको सम्मान

पर्वतारोही पूर्णिमालाई एक लाख नगदसहित पब्लिक फोरकेको सम्मान
पोखरा, १७ साउन/ किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा… पुरा पढौ