पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८१ मा प्रकाशित


पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

पोखरा, २८ असोज/ पोखरा महानगरपालिका सडक सफाइका लागि ब्रुमर ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले सञ्चालन ल्याए ।

महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण गरेका कारण ब्रुमर ल्याएको प्रमुख आचार्यले बताए । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।

३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको मेसिन ४९ हर्ष पावर क्षमताको रहेको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गरेर सडक सफाइको काम गर्न सक्नेछ ।

यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ ।