
मनकामना केवलकार
पोखरा, २८ असोज/ मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्ने भएको छ ।
दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार चलाइएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
मनकामना केबलकारको सेवालाई डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको थियो । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी रहेको प्रालिले जनाएको छ ।





