लुम्लेमा जीप दुर्घटना

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८१ मा प्रकाशित


लुम्लेमा जीप दुर्घटना

लुम्लेमा जीप दुर्घटना

पोखरा, २८ असोज/ कास्कीको अन्नपुर्ण गाउँपालिका लुम्लेमा जीप दुर्घटना भएको छ । आइतबार राति जीप दुर्घटना भएको हो ।

लुम्लेमा रहेको गुम्बा मुनीको सडकमा जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर केही जना घाइते भएका छन् ।

सडकबाट जीप नालामा खसेको हो । जीप र वरपर रगतका टाटाहरु रहेका छन् । थप विवरण आउन बाँकी छ ।