
शव
गोरखा, २४ असोज/ गोरखाको पालुङटार ७ मा एक महिलाको हत्या भएको छ ।
२८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । कुमालको उपचारको क्रममा बिहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।
प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो ।
साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको जनाएको छ ।





