दशैंका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा (कुन कुन रुटमा समेत)

-


     क्लिक गण्डकी     
     असाेज २३ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, २३ असोज/ दशैंको टिकाका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने ७ रुटमा निःशुल्क बस चलाउन लागिएको हो ।

बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, तोकिएको भन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निःशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस चलाउने जानकारी पाण्डेले जानकारी दिए ।

७ वटा रुटमा ३२ सिट माथिका १८ वटा बसले दशैंका दिन निःशुल्क यात्रु ओसार्ने सिडिओ पाण्डेले बताए । उनले बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही गर्ने बताए ।