समाचार

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार
काठमाडौं, २७ साउन/ सेलवेज तथा सेल्सबेरी संचालन गरेको लक्की ड्रमा सितापाइलाकी कृर्ति नकर्मीे एमजीको इभि कार जितेकी छन् । सेलवेज क्यास एण्ड क्यारी प्रा. लिले सञ्चालन गरेको सेलवेज र सेल्सबेरीले ग्राहकलाई लक्की ड्रमा उनले बम्पर उपहार कार जितेकी हुन् । साउन २६ गते खोलीको लक्की ड्रमा विनायक कोलोनीका रोशा ताम्राकारले पहिलो उपहार इलेक्टिकल स्कुटर जितेका छन् । त्यसै गरी भैसेपाटीकी वर्षा श्रेष्ठले दोस्रो उपहार स्माट टिभि जित्न सफल भएकी छन् । तेस्रो उपहार मुलपानीका रोशन राइले माइक्रो ओभन जित्न सफल… पुरा पढौ

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण
पोखरा, २७ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले… पुरा पढौ

गायक प्रकाश तिमिल्सिनाको निधन

प्रकाश तिमिल्सिना
पोखरा, २७ साउन/ गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा तिमिल्सिना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनका प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, नमान लाज यसरी, नआए नि हुन्थ्यो लगाएतका गीत चर्चित छन् । पुरा पढौ

काठमाडौंबाट सुर्खेत उडेको जहाज नेपालगन्जमा आकस्मिक अवतरण

बुद्ध एयर
पोखरा, २६ साउन/ काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान भरेको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । शनिबार बिहान फ्लाइट नम्बर u4 १३७ को बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । जहाज बिहान ११ः१५ बजे उडान भएको थियो । सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन् । विमान काठमाडौं फर्किने वा मौसमको प्रतिक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ । त्रिभुवन विमानस्थलले… पुरा पढौ

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता
पोखरा, २४ साउन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई… पुरा पढौ

फेरी गण्डकीले गुमायो अनुभवी पाइलट, हेलीकप्टरका क्याप्टेन अरुण मल्ल अस्ताए

अरुण मल्ल
पोखरा, २४ साउन/ म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती मैदानका अरुण मल्ल अनुभवी पाइलट हुन् । नेपालमा रहेका हेली कम्पनीका अनुभवी क्याप्टेनका रुपमा अरुण मल्ललाई चिनिन्थ्यो । नेपालको हेलिकप्टर उडानमा ३५ बर्ष लामो अनुभवी जनशक्ति बुधबार गुमाएको छ । लामो समयदेखि एयर डाइनेष्टीमा आवद्ध क्याप्टेन मल्ल नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर जङ्गलमा भएको दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गर्दा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भयो । क्याप्टेन मल्लको निधनले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक शोकमा डुवेका छन् । तत्कालिन वायुसेवा कम्पनी नेपाल एयरवेज, कर्णाली… पुरा पढौ

तालबाराही मन्दिरको पुनःनिर्माणमा ढिलाई

ताल बाराही मन्दिर
सागर राज तिमिल्सिनापोखरा, २४ साउन/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण थालिएपनि ढिलाइ भएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गदथ्यो । तर पुनः निर्माणका लागि भन्दै मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि कामले गति पाएको छैन । पर्यटकीय राजधानी… पुरा पढौ

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
पोखरा, २३ साउन/ एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटना हुदाँ पाँचै जनाको मृत्यु भएको छ । मध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने जनाएको छ… पुरा पढौ

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै
पोखरा, २२ साउन/ वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल

लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल
पोखरा, २३ साउन/ लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए । उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए ।… पुरा पढौ