समाचार

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ
पोखरा, १४ असोज/ कास्की प्रहरीले अबैध चाँदीका ६ किलो गरगहना सहित १ जनालाई पक्राउ गरेको छ । भारतिय नागरिकले अबैध रुपमा चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरीक हाल पोखरा महानगरपालिका नयाँबजार बस्ने ३५ बर्षीय चन्द्र भूषण प्रसादलाई पक्राउ गरेको हो । पछाडी भिरेको झोलाभित्र… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो (पोखरामा कति)

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो पोखरामा कति
पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य… पुरा पढौ

नेपालमा भारी वर्षाले यात्रा प्रभावित, चाइना साउदर्न एयरलाइन्सले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्यो

चाइना साउदर्न
काठमाडौं, १३ असोज/ नेपालपछिल्लो समय नेपालमा परेको भारी वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा गम्भीर असर पारेको छ। चाइना साउदर्न एयरलाइन्सले तुरुन्तै प्रतिक्रिया जनाउँदै उडान सञ्चालनको सुरक्षा र स्थिरता सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको छ, र यात्रुहरूको यात्रा अधिकार र हितको रक्षा गर्दै आएको छ।सेप्टेम्बर २७ को साँझ, ग्वाङ्जाओबाट काठमाडौँका लागि उडान गर्ने चाइना साउदर्न एयरलाइन्सको CZ ३०६७ विमानले खराब मौसमका कारण सामान्य अवतरण गर्न सकेन। अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने वा फर्कने निर्णय गरे पनि, चाइना साउदर्न एयरलाइन्सले बंगलादेशको… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव हुने

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव हुने
पोखरा, १४ असोज/ पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दशैँ अवसरमा नवदुर्गा महोत्सवको तयारी अगाडी बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ हुने छन् । असोज १७ देखी २५ गते सम्म महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनले महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिने छ । उनले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट
पोखरा, १४ असोज/ गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् – मुख्यमन्त्री पाण्डे

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् स् मुख्यमन्त्री पाण्डे
पोखरा, १४ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने… पुरा पढौ

पाल्पाबाट पोखरा हुदै काठमाडौं हिडेको बस दुई दिन देखी सम्पर्कविहीन

पाल्पाबाट पोखरा हुदै काठमाडौं हिडेको बस दुई दिन देखी सम्पर्कविहीन
पोखरा, १३ असोज/ पाल्पा अगाहाखोलाबाट पोखरा हुदै काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग२ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो । अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनीले प्रहरीले जानकारी गएका छन् । मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ । बसमा १८ देखि २० जना यात्रु रहेका थिए । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा बस पुरिएको अवस्थामा… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम
पोखरा, १३ असोज/ पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

नागढुंगामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

नागढुंगामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
पोखरा, १२ असोज/ प्रहरीले नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । पुरा पढौ

पोखरामा ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरामा ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु
पोखरा, १२ असोज/ पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाटमा घरको आगनमा ईन्टरनेटको तार लत्रिएको पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । गौरीघाटका खेमबहादुर पौडेल (मंगल) को आफ्नो घरको आगन भएर अन्यत्र लगिएको ईन्टरनेटको तार लत्रिएको तार पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । असोज १ गते दिउँसो करीब १२ः४० बजेको ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले लागेको थियो । ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए ।… पुरा पढौ