
दुर्घटना
पोखरा, १ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाको बडहरे सवारी दुर्घटना भएको छ ।
पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२ नम्बरको बस रोकी यात्रु चढाउदै गरेको अवस्थामा सोही दिशा तर्फबाट आउदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले पछाडीबाट बसलाई ठक्कर दिएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
बसमा चढदै गरेका म्याग्दी धौलागिरी गाँउ पालिका ५ बस्ने वर्ष ८४ को हर्कलाल छन्त्याल घाईते भई उपचारको लागी फिस्टेल अस्पताल उपचार भई रहेको छ । उनको टाउकोमा चोट लागेका छ भने उनको अवस्था मध्यम रहेको छ ।
त्यसै गरी टिप्पर चालक जिल्ला सिन्धुपालचोक चौतारा साँगाचोकगढी नपा ३ घर भएका ३१ बर्षिय मनोज कटुवाल घाईते भएका छन् ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरी टिप्परमा सवार नुवाकोट घर भएका बर्ष २८ को बुद्ध घले घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट, अवस्था मध्यम, उनको उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ ।





