पोखरा सिद्धार्थचोकको फुटवेयर सेन्टरमा आगोलागि

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०८१ मा प्रकाशित


पोखरा सिद्धार्थचोकको फुटवेयर सेन्टरमा आगोलागि

पोखरा सिद्धार्थचोकको फुटवेयर सेन्टरमा आगोलागि

पोखरा, २ कात्तिक/ पोखराको सिद्धार्थचोकमा रहेको एक घरमा आगोलागि भएको छ । सिद्धार्थचोकको पोखरा फुटवेयर विजनेश सेन्टरमा रहेको घरमा आगोलागि भएको हो ।

बिहीबार साढे १० बजे आगोलागि भएको थियो । त्यस भन्दा माथि तीन वटा जापानी कन्सल्टेन्सिहरु रहेका छन् । फुटवेयरबाट आगोलागि भएको थियो ।

प्रहरी, स्थानीय र दमकलका साहेताले आगोनियन्त्रणमा करिब १ घण्टामा नियन्त्रण लिएको स्थानीय प्रकाश मल्लले जानकारी दिए । सटरका ताला फोडेर दमकल पानी हालेको थियो ।

जुत्ता पसलमा रहेका सामग्रीहरु आधा भन्दा बढि जलेका छन् भने अन्य आगोका कारण ड्यामेज भएका छन् । आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन ।



Tags: