पोखरामा होटलमा जुवातास खेल्ने १ लाख ८८ हजार सहित ६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०८१ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १ कात्तिक/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १७ ड्यामसाईडमा रहेको एक होटलमा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले होटलको कोठामा हारजित हुनेगरी जुवातास खेलिरहेका ६ जना व्यक्ति सहित नगद १ लाख ८८ हजार ४ सय २६ रुपैया र तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरुको विवरण :-

  • जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. ४ स्थायी वतन भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३८ का नविन थापा (HOTEL SANDY BLOOM को रेखदेख गर्ने जिम्मेवार प्राप्त ब्यक्ती)
  • जिल्ला स्याङजा पुतलिबजार नगरपालिका वडा नं.७ स्थायी वतन भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बस्ने वर्ष ४० का भेष बहादुर गुरुङ,
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ४३ का शंकर थापा,
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ५३ की शाबित्री गुरुङ पुन,
  • जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ घर भई ऐ. पोखरा म.न.पा. वडा नं. ७ बस्ने वर्ष ३९ की दुर्गा गुरुङ,
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १७ बस्ने वर्ष ४९ की आईती गुरुङ ।



Tags: