समाचार

गोरखामा एक महिलाको हत्या

गोरखा, २४ असोज/ गोरखाको पालुङटार ७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । कुमालको उपचारको क्रममा बिहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा… पुरा पढौ

राँगोले हानेर पोखराका धनञ्जय आचार्यको मृत्यु

पोखरा राँगोले हानेर धनञ्जय आचार्यको मृत्यु
पोखरा, २४ असोज/ पोखरा ३३ का ३७ वर्षे धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको हो । माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जादा गोठको घासँ पानी दिन धनञ्जय गएका थिए । धनञ्जय पोखराको बिरौटामा बस्थे । राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । ५ बजेपछि उनीसँग फोन सम्पर्क… पुरा पढौ

दशैंका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा (कुन कुन रुटमा समेत)

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २३ असोज/ दशैंको टिकाका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने ७ रुटमा निःशुल्क बस चलाउन लागिएको हो । बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, तोकिएको भन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निःशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप… पुरा पढौ

पोखराको द स्केट पार्क प्रालिमा आगलागी

आगोलागि
पोखरा, २१ असोज/ पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति आगलागी भएका कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । द स्केट पार्क पोखरा ५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्कमा विद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र… पुरा पढौ

पर्वत आरोहणमा युवाहरुको आकर्षण बढ्दो, औपचारिक शिक्षा नेपालमा मात्रै

पर्वत आरोहणमा युवाहरुको आकर्षण बढ्दो, औपचारिक शिक्षा नेपालमा मात्रै
पोखरा, २० असोज/ पछिल्लो समय पर्वत आरोहणमा युवाहरुको रुचि बढेको छ । प्राकृतिक सुन्दरतामा रमाउन पाईने हुनाले पनि युवाहरुहरु यसप्रति आकर्षित भएका छन् । यसै अवसरमा ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) गण्डकीले थोरङ्गला पिक ६१४४ मि को सफल आरोहण १६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ। उनीहरु नेपाल माउन्टेन एकेडेमीमा स्नातक तह विएमएसमा अध्ययनरत सातौं सेमेस्टरका विद्यार्थीहरु हुन् । उनीहरुले यहि असोज १७ गते विहान ७स्१५ मा थोरङ्गला पिकको सफल आरोहण गरेका हुन । आरोही विद्यार्थीहरुलाई बधाई दिदै गण्डकी प्रदेशका… पुरा पढौ

पोखराको मारवाडी सेवा भोजनालय २ लाख जरिवाना

पोखरा मारवाडी सेवा भोजनालय २ लाख जरिवाना
पोखरा, २० असोज/ पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई कास्की प्रशासनले २ लाख जरिवाना गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा आयोजना गरिएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाजा मारवाडी सेवा भोजनालयले लगिएको थियो । खाजामा अखाद्यय पद्र्धाथ भेटिएपछि कार्वाही गरेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत सार्वजनीक गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको पाईएकोले भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को… पुरा पढौ

मर्मका लागि सोमबार र मंगलबार पोखरा विद्युत नआउने (कुन कुन क्षेत्रमा समेत)

बिजुली
पोखरा, २० असोज/ मर्मका लागि सोमबार र मंगलबार पोखरा बत्ति जाने कुन कुन क्षेत्रमा समेत पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशनमा रहेको ११ के भि बसबार तथा ब्रेकर प्यानलहरू मर्मत संभार कार्यको लागि सो सव स्टेशन रहेको पावर ट्रान्सफर्मर बन्द गरि कार्य गर्नु पर्ने भएको हुनाले तपसिल मितिमा सो पावर ट्रान्सफर्मरबाट संचालित सम्पूर्ण फिडर बन्द हुने तथा सो फिडरबाट सप्लाई भएका सम्पूर्ण स्थानहरुमा दिउँसो १३:०० बजे देखी दिउसो १६:०० बजे सम्म सटडाउन हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा… पुरा पढौ

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित
पोखरा, १९ असोज/ अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए… पुरा पढौ

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुर सम्मको सडक एकमहिना भित्र कालोपत्रे हुने

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने
लेखनाथ, १९ असोज/ पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ । डाँडाकोनाक प्रहरीचौकी देखी विजयपुर व्यारेकतर्फको साइड एकमहिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो ।डाँडाको नाक देखी बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भैरहेको ठेक्का संझौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाको उक्त खण्डमा… पुरा पढौ

काठमाडौंबाट लमजुङ आउदै गरेको गाडी दुर्घटना, तनहुँका खनालको मृत्यु

काठमाडौंबाट लमजुङ आउगदै गरेको माइक्रोबस दुर्घटना
पोेखरा, १९ असोज/ काठमाडौंबाट लमजुङ आउदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको प्रहरीले जानकारी दिए छ । तनहुँको व्यास नगरपालिका वडा–९ काजीफाँट घर भएको उनी हाल काठमाडौं बस्दै आएका छन् । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडी चालक ४६… पुरा पढौ