पोखरामा म्याथिस हरगोर्जलाई सम्मान

-


     क्लिक गण्डकी     
     कार्तिक १४ गते २०८१ मा प्रकाशित


पोखरामा म्याथिस हरगोर्जलाई सम्मान

पोखरामा म्याथिस हरगोर्जलाई सम्मान

पोखरा, १४ कात्तिक/ अन्नपूर्ण हिमालको पहिलो आरोही फ्रेन्च नागरिक मौरिस हर्गोजका छोरा म्याथिस हरगोर्जलाई पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र पोखरा पर्यटन परिषद्ले पोखरामा म्याथिस हरगोर्जलाई सम्मान गरेको हो ।

मौरिस हर्गोजले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले म्याथिस हरगोर्जलाई ढाकाटोपी, खादा र मायाको चिनो दिदै सम्मान गरे ।

सम्मान कार्यक्रममा पाठकले मौरिस हर्गोजले हिमाल आरोहण गर्नुका साथै अन्नपूर्ण पुस्तक प्रकाशन गरे नेपाललाई विश्व सामु चिनाउन महत्वपुर्ण योग्दान दिएको बताए । उनले अन्नपूर्ण पदयात्रालाई विश्वस्तरमा प्रचार प्रसार बाण्डिङ्ग गर्न कोशेढुङ्गा सावित भएको बताए ।

उनले गण्डकी प्रदेशमा प्राकृतिक, जैविक, धार्मिक, ऐतिहासिक, सास्कृतिक विविधताले धनि रहेको बताए । सम्मानपछि म्याथिस हरगोर्जले नेपाल हिमालहरुको देश भएका कारण यसको विकास र प्रर्वधनका लागि सबै लाग्नु पर्ने बताए । उनले पुस्तक प्रकाशनका अधिकार अरुलाई पनि दिएको बताए ।



Tags: