समाचार

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन र गोकर्ण चुनावी मैदानमा, मतदान चल्दै

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, २९ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँमहाधिवेशन नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन भई रहेको छ । चुनावमा पूर्व महासचिव अर्जुन पोख्ररेल तथा वर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका लागि चुनावी मैदानमा छन् । नेतृत्वका लागि पोख्ररेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने कार्की प्यानल नबनाई चुनावी मैदानमा छन् । आगामी कार्य कालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् । उपमहा सचिवमा… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला
पोखरा, २८ भदौं / ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई… पुरा पढौ

लागूऔषध बिक्री आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

ढाकाकुमार श्रेष्ठ
पोखरा, २७ भदौ/ लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । साउन ३ गते प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध टुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका– ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका… पुरा पढौ

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई
पोखरा, २७ भदौ / राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनभएको छ । पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उहाँलाई सम्मान गरिएको हो । सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालहरु सम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि २५ हजार र… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा भारतीय पर्यटकको मृत्यु

पाैडी डुवेर
पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस स्थित रिसोर्टको पौडीपोखरीमा पौडी खेल्ने क्रममा एका जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारत उत्तर प्रदेश लखनउ घर भई पोखरा भ्रमण गर्न नेपाल आएका २३ बर्षीय देवान सिंह मृत्यु भएको हो । पानीमा डुबेको र निजको साथीले देखी तत्काल पानीबाट बाहिर निकाली उपचारको लागि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरेले मृत घोषणा गरेका थिए । मृतक शव मणिपाल अस्पतालमा पोष्टमार्ट गरेर उनको परिवारलाई बुझाएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखराको बगाले टोलमा खुकुरी प्रहार गरी श्रीमतिको हत्या

पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोलमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । अन्दाजी ४५ वर्षीय राधिका कुँवरलाई उनकै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरेका हुन् । पारिवारिक घर झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् । कास्की प्रहरीले हत्या आरोपमा जरसिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा
पोखरा, २५ भदौ/ पोखरामा सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै… पुरा पढौ

फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड

फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड
पोखरा, २४ भदौ/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा।लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो,… पुरा पढौ

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

सुरेन्द्रराज पाण्डे
पोखरा, २३ भदौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’ आईतवार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला विचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको… पुरा पढौ

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

राजमान थकाली
पोखरा, २२ भदौ/ सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । फोक्सामा सम्मस्या देखी पछि उपचार गर्दै आएको थिए । उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए । फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा… पुरा पढौ