समाचार

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा
पोखरा, १६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेको, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई ट्राफिक कारवाही गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि… पुरा पढौ

पोखरा महानगरपालिकाका करारका कर्मचारीलाई बिदा गर्ने पोखरा महानगरको निर्णय

पोखरा महानगरपालिका
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ । महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । बैठकले सर्वसम्मत निर्णय गरेको छ । कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।… पुरा पढौ

पाताले छाँग्रोमा स्थानीयको ताला

पाताले छाँग्रोमा स्थानीयको ताला
पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँग्रो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् । पोखरामा महानगरपालिकाले पाताले छाँग्राको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् । बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने बताउदै आएका छन् । महानगरले… पुरा पढौ

गण्डकीका सबैजसो मन्त्री सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति सम्पत्ति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा, १४ कात्तिक/ गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री धनी देखिन्छन् । उनीहरुको ठाउँठाउँमा घर र जग्गाका साथै प्रशस्त गरगहना उनीहरूसँग रहेको पाइएको छ । गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीका रूपमा सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीको पनि उत्तिकै सम्पत्ति छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सम्पत्तिका हिसाबले धनी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नाममा विभिन्न ठाउँमा जग्गा र घर छ । उनको पालुङटार–१ मा घर र… पुरा पढौ

पोखरामा म्याथिस हरगोर्जलाई सम्मान

पोखरामा म्याथिस हरगोर्जलाई सम्मान
पोखरा, १४ कात्तिक/ अन्नपूर्ण हिमालको पहिलो आरोही फ्रेन्च नागरिक मौरिस हर्गोजका छोरा म्याथिस हरगोर्जलाई पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र पोखरा पर्यटन परिषद्ले पोखरामा म्याथिस हरगोर्जलाई सम्मान गरेको हो । मौरिस हर्गोजले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले म्याथिस हरगोर्जलाई ढाकाटोपी, खादा र मायाको चिनो दिदै सम्मान गरे । सम्मान कार्यक्रममा पाठकले मौरिस हर्गोजले हिमाल आरोहण गर्नुका साथै अन्नपूर्ण पुस्तक प्रकाशन गरे… पुरा पढौ

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुगमन

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुगमन
पोखरा, १३ कात्तिक/ पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फुलका माला र फुलका गुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य पूूmलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि।स। २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य पूूmलगुुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा… पुरा पढौ

पोखरामा पटका बनाउने क्रममा पटका पड्कियो, १ जना बालक घाइते

पोखरा, १२ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोला रोइकरे बस्ने १७ बर्षिय असिम परियार पटका बनाउने क्रममा पड्किएर घाइते भएका छन् । आल्मुनियमको पातामा २० बट्टा सलाईको काटिले पटका बनाउने क्रममा अचानक पड्किन जाँदा घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा सामान्य उपचार पछि काठमार्डौ पठाएको छ । निजको शरीरको विभिन्न स्थानमा चोट लागेको अवस्था मध्यम बोल्न सक्ने रहेको । थप उपचरको लागी कीर्तिपुर अस्पताल काठमाण्डौ रिफर गरिएको छ । वडा प्रहरी कार्यालय बैदाम… पुरा पढौ

प्रदेश प्रमुख मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण

प्रदेश प्रमुख मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण
पोखरा, ११ कार्तिक / गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी… पुरा पढौ

पत्रकार क्षेत्रीको ह्दयघातका कारण निधन

प्रेम क्षेत्री
पोखरा, ११ कात्तिक/ पत्रकार प्रेम क्षेत्रीको ह्दयघातका कारण निधन भएको छ । नेपाल पत्रकार महासँघ चितवनका सदस्य, नवलपुरको विजय एम एम का सहायक स्टेसन म्यानेजर प्रेम क्षेत्रीको हृदयघातको कारण निधन भएको हो । उनको आज नै अन्तेष्टि गर्न तयारी भएको छ । उनका निधनमा विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् । पुरा पढौ

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित
पोखरा, ११ कात्तिक/ इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । एगाको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, सह सचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढकाललाई निर्वाचित गरेको छ । समितिका सदस्यहरूमा रामकृष्ण तिमल्सिना, रमेश सुवेदी, नारायण पाण्डे, होमराज भण्डारी र सुन्ती पूर्जा रहनुुभएको छ । अधिवेशनका लागि पूर्व अध्यक्ष कृष्णकुुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्वय चिरञ्जिवी पोखरेल र जीवनाथ गौतम रहनुुभएको… पुरा पढौ