समाचार

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुर सम्मको सडक एकमहिना भित्र कालोपत्रे हुने

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने
लेखनाथ, १९ असोज/ पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ । डाँडाकोनाक प्रहरीचौकी देखी विजयपुर व्यारेकतर्फको साइड एकमहिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो ।डाँडाको नाक देखी बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भैरहेको ठेक्का संझौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाको उक्त खण्डमा… पुरा पढौ

काठमाडौंबाट लमजुङ आउदै गरेको गाडी दुर्घटना, तनहुँका खनालको मृत्यु

काठमाडौंबाट लमजुङ आउगदै गरेको माइक्रोबस दुर्घटना
पोेखरा, १९ असोज/ काठमाडौंबाट लमजुङ आउदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको प्रहरीले जानकारी दिए छ । तनहुँको व्यास नगरपालिका वडा–९ काजीफाँट घर भएको उनी हाल काठमाडौं बस्दै आएका छन् । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडी चालक ४६… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
काठमाडौं, १८ असोज/प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नु भयो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री… पुरा पढौ

योग पर्यटन प्रवद्धनका लागि पोखरामा योग महोत्सव

काहूँ डाडाँमा ‘इन्टरनेशनल योगा फेस्टिवल’, १० देशबाट सहभागीता
पोखरा, १७ असोज/ योग पर्यटन प्रवद्धनका लागि पोखरामा योगा महात्सको तयारी गरिएको छ । पोखराको भकुण्डे स्थित योगा रिट्रिट सेन्टरमा अक्टोरव १६ देखि १९ तारिख सम्म योगा महोत्सवको आयोजना हुन लागको हो । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रट सेन्टरको आयोजनामा योग पर्यटन प्रवद्धनकालागि योगा महोत्सवको तयारी गरिएको हो । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातीप्राप्त योग विज्ञहरुको जमघट हुने आयोजक मनोहर श्रेष्ठले बताए । योगा महोत्सवमा स्वदेशी तथा विदेशी गरेर ३ सय जना सहभागी जनाउँने प्रतिवद्धता जनाए… पुरा पढौ

पोखरामा यसवर्ष च्याङग्राको मूल्य घट्यो

पोखरामा यसवर्ष च्याङग्राको मूल्य घट्यो
पोखरा, १७ असोज/ दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकले नै बिक्री मूल्य घटाएका हुन् । अघिल्लो वर्ष भन्दा यस वर्ष करिब ५ हजारले सस्तो रहेको व्यवसायीहरु बताउ छन् । ठाउँ अनुसार ५ देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएको व्यवसायीहरु बताउ छन् । गत वर्ष पोखरामा प्रतिगोटा ५० हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली… पुरा पढौ

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने
पोखरा, १७ असोज/ गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । ‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति… पुरा पढौ

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष
पोखरा, १६ असोज/ जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय वगर र अस्थायी ट्राफिक पोष्ट वगरको निगरानिमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज… पुरा पढौ

कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

कास्कीकोटमा शनिबार दहीको होली
पोखरा १६ असोज /कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए । घटस्थापनाको दिन… पुरा पढौ

आज रातिदेखि डीभी फारम खुला (कहाँ गएर भर्ने)

आज रातिदेखि डीभी फारम खुला
पोखरा, १६ असोज/ अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि दिने डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।डिभीमा अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजे… पुरा पढौ

असोज १६ गते पोखरामा ८ देखी १ बजे सम्म विद्युत अवरुद्ध हुने

पोखरा, १६ असोज/ असोज १६ गते पोखरामा ८ देखी १ बजे सम्म विद्युत अवरुद्ध हुने पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तरगत कुँडहर १३२/११ के भि सव स्टेशनको कन्ट्रोल रूम भित्र Underground Cable Laying तथा चार्जिङ कार्य गर्नको लागि कुडहर सब्स्टेसन बाट संचालित ११ के.भी. फेवा इन्कमर फिडर भोलि २०८१-०६-१६ गते बिहान ८:०० बजे देखी दिउँसो १:०० बजे सम्म सटडाउन हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा सूचित गरिन्छ। यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा… पुरा पढौ