समाचार

पोखराका मेयर–उपमेयर विदेशमा, मोती कार्यबाहक मेयर

मोतिलाल तिमिल्सिना
पोखरा, २० कात्तिक/ पोखरा महानगरका मेयर र उपमेयर अहिले विदेश भ्रमणमा छन् । मेयर धनराज आचार्य संयुक्त राष्ट्र संघको मानव बसोबास कार्यक्रमले आयोजना गरेको ‘दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल’ कार्यक्रममा भाग लिन इजिप्टको कायरोमा छन् भने उपमेयर मञ्जुदेवी गुरुङ पारिवारिक भ्रमणमा साइप्रस रहेकी छिन् । मेयर आचार्यले महानगरको प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनालाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् । तिमिल्सना श्रीमतीलाई अमेरिका जाँदा मेयर आचार्य पनि अमेरिका भ्रमणमा गएका थिए । त्यो… पुरा पढौ

पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैदको फैसला

दीपक मनाङे
पोखरा, २० कात्तिक/ सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित… पुरा पढौ

पोखराका समाजसेवी दोर्णराज अधिकारीको निधन

पोखराका समाजसेवी दोर्णराज अधिकारीको निधन
पोखरा, २० कात्तिक/ समाजसेवी तथा राजनीतिकर्मी दोर्णराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा ५ का पूर्व वडाध्यक्ष अधिकारीको कात्तिक २० गते बिहान ७२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । उनी पोखरा ५ मालेपाटनमा रहेको बाराही माविका सञ्चालक समितिका अध्यक्ष भएका थिए । अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य थिए । उनका धर्मराज अधिकारी, केशवप्रसाद अधिकारी, दामु अधिकारी, बुद्धिराज अधिकारी र ईन्दिरा अधिकारी गरी ५ जना सन्तान छन्… पुरा पढौ

एमालेको आन्दोलनका क्रममा पोखरा महानगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल भर्ना

एमालेको आन्दोलनका क्रममा पोखरा महानगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल भर्ना
पोखरा, २० कात्तिक/ नेकपा एमालेका जनप्रतिनिधिको र कर्मचारी संलग्नतामा पोखरा महानगरपालिकामा मंगलबार भएको आन्दोलनका क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो । पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा घाइते भएको जानकारी दिए । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अण्डकोषमा चोट छ । करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले… पुरा पढौ

रवि लामिछाने सहितका ४ जनालाई १० दिन हिरासत राख्न अदालतको अनुमति

जिल्ला अदालत कास्की
पोखरा, २० कात्तिक/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितका ४ जनालाई थप अनुसन्धान गर्न अदालतले १० दिन म्याद थपेको छ । लामिछाने, सहित गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थप गरेको हो । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी १० दिन म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई म्याद थपका गर्न अदालत लगिँदै, रास्वपाले पोखरामा प्रर्दशन गर्ने

सरकारी वकिलको कार्यालयमा
पोखरा, २० कात्तिक/ रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की प्रहरीले जिल्ला अदालत कास्की आज लैजादै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई कास्की अदालतमा प्रस्तुत लाग्नेको हो । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेको हो । लामिछानेलाई सुरुमा ६ दिन… पुरा पढौ

अमेरिकन डीभी भर्ने समय थपियो

आज रातिदेखि डीभी फारम खुला
पोखरा, २० कात्तिक/ अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपाल स्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको एक सूचनामार्फत जानकारी गराएको हो । आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने जनाएको छ ।… पुरा पढौ

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो
पोखरा, १९ कात्तिक/ वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेकी छिन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल ल्याइएको हो । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको… पुरा पढौ

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका
पोखरा, १८ कात्तिक / तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान
पोखरा, १६ कात्तिक / नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय… पुरा पढौ