लेकसाइडको होस्टेलमा जबरजस्ती करणी गराउने ३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०८१ मा प्रकाशित


लेकसाइडको होस्टेलमा जबरजस्ती करणी गराउने ३ जना पक्राउ

लेकसाइडको होस्टेलमा जबरजस्ती करणी गराउने ३ जना पक्राउ

पोखरा, ७ मंसिर/ पोखरा ६ लेकसाईडको एक होस्टेलमा बालिकाहरु राखी यौन बाध्य तुल्याएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

कोठामा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले बालिकाहरुको उद्दार गरेको छ ।

पीडित बालिकाहरुसंग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भनेर ल्याएको बताएका प्रहरीले जानकारी दिएको छ ।

बालिकाहरुलाई कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको अवस्थामा बालिकाहरुलाई उद्दार गरेको प्रहरीको भनाई छ ।

घटनामा संलग्न निम्न स्थान बस्ने निम्न ३ जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेका प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्ला गोरखा पालुङ्टार गापा वडा नं ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा वडा नं ६ लेकसाईड स्थित होटलमा बस्ने वर्ष १९ की ममता तामाङ, जिल्ला मकवानपुर बाग्मती गापा वडा नं ८ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नपा वडा नं ७ कपन बस्ने वर्ष २३ की रिना तामाङ र जिल्ला पुर्वी नवलपरासी मध्यबिन्धु नपा वडा नं १० स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा वडा नं ६ लेकसाईड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरी रहेका छन् ।