
स्कुल हिँडेका पोखराको खुदीका बालक एक साता देखि बेपत्ता
पोखरा, ३ मंसिर/ घरबाट स्कुल हिँडेका पोखरा ३२ तल्लो गगनगौंडा खुदीका १७ वर्षे बालक ६ दिनदेखि बेपत्ता छन् । राजाको चौतारामा रहेको व्रह्मरुपा माविको कक्षा ७ मा अध्ययनरत रविन परियार कात्तिक २८ गतेबाट हराएका हुन् ।
साथीभाइ, आफन्त र चिनजानकाहरुको घरमा समेत नभेटिएपछि परिवार छोराको खोजीमा भौंतारिएका छन् । कात्तिक २८ गते बिहान खानाखाएर स्कुलको ड्रेस लगाएर झोला बोकेर उनी घरबाट निस्केका थिए ।
स्कुल र घरबीचको दुरी २ किलोमिटर पनि छैन । घरबाट निस्केका रविनले नजिकै साथीकोमा गएर ड्रेसको कपडा फेरेर साथीकै कपडा लगाएर निस्केका थिए । उनी साथीलाई समेत कहाँ जान्छु भनेर नभनेको बाबु राजकुमारले बताए । कहिले प्रहरी कार्यालय, कहिले सम्भावित ठाउँहरुमा पुगेको बताए ।
खोजी गरिदिन निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले समेत सूचना जारी गरेको छ । साथीको घरबाट हिँड्दा उनले पहेंलो र खरानी रङको टिसर्ट, खरानी रङको पाइन्ट र चप्पल लगाएका छन् । साढे ४ फिट उचाइका रविनको शरीर मझौला छ ।





