
किरण अधिकारी
पोखरा, ५ मंसिर/ पोखरा २५ हेम्जाको सापकोटाचोक नजिकै दुर्घटना हुदाँ लोकदोहोरी गायक किरण अधिकारीको मृत्यु भएको छ ।
सोमबार राती २ बजेतिर स्कुटर दुर्घटनामा परी कास्की नौडाँडाका २७ वर्षीय किरण अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
चिप्लेढुंगाको गाउँशहर दोहोरी साँझमा गीत गाउँदै आएका किरण ड्युटी सकिएपछि साथीलाई छाड्न हेम्जा गएका थिए । साथीलाई मिलनचोकमा छाडेर फर्कदैं गर्दा मोडमा आइपुग्दा सिधै फलामेबारतिर ठोक्किन पुगेका थिए ।
स्थानीयका अनुसार घुम्तीनेरको सडक छेउको फलामे बारमा ठोक्किएर अधिकारीको टाउको फुटेको थियो । मध्यराति सडकबाट ठूलो आवाज आएपछि स्थानीयहरू सडकमा पुगेका थिए ।
प्रहरीलाई खबर गरेर अधिकारीलाई अस्पताल पु¥याएपनि उनको मृत्यु भइसकेको थियो । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।





