
दुर्गा प्रसाईं
काठमाडौं, ४ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबीमा राखीएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।
ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको जनाएको छ ।
उनीमाथि किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।





