समाचार

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

दीपक मनाङे
पोखरा, २७ कात्तिक/ गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । न्यायाधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो… पुरा पढौ

पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला

पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला
पोखरा, २७ कात्तिक/ हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा मेला लाग्ने गर्दछ । सोमबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्न भक्तजनको मेला लागेको छ । टाढा टाढा देखी तोरणलाई सेती नदी वारपार टाग्नका लागि आउने गर्दछन् । चौमास बसेर तोण टाग्न आउदा भजनकृतन र बाजाँ सहित भक्तजनहरु आउने गर्दछन् । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान‍् विष्णुको आराधना गरिन्छ । असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी शुरु भै कात्तिक… पुरा पढौ

भारतीय गोर्खा बिग्रेड बारे भारत र नेपालले वार्ता गर्नु पर्ने -जनरल मेहता

जनरल अशोक मेहता
पोखरा, २६ कात्तिक/ भारतीय गोर्खा बिग्रेड बारे भारत र नेपाल दुवैले अन्तिपथबारे तुरुन्तै वार्ता थाल्नु पर्ने भारतीय सेनाका अवकास प्राप्त जनरल अशोक मेहताले बताएका छन् । पोखरामा भूपू सैनिक संगठन २/५ गोर्खा राइफल्सको १३८ औं जन्म जयन्ती समारोहमा मेहताले नेपालबाट भर्ती रोकीएपछि नागा, गढवाल, कुमाउँबाट भर्ती नेपाली भन्दै भर्ति गरिएको बताए । नेपालबाट मान्छे नपाएर गढवाल, कुमाउँतिरबाट भर्ती गराउन लागेको उनको भनाई छ । सदियौबाट नेपाली भर्ती भइरहेको बताउँदै मेहताले तुरुन्त भर्ती खोल्नु पर्नेमा जोड दिए । यो मात्र भर्तीका… पुरा पढौ

मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

पोखरा, २६ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको प्रहरीले जानकारी दिएको । आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको प्रहरीको भनाई छ । काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि एक विदेशी नागरिक सहित ५ जना आएका थिए । मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएको थियो । मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव… पुरा पढौ

पोखराको बुलौदीमा दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना
पोखरा, २५ कात्तिक/ पोखरा ७ बुलौदीमा दुर्घटना भएको छ । जिरो किलोमिटरबाट हल्नचोक तर्फ जादै गरेको ग२२प ९८१ नम्बरको स्कुटर दुर्घटना भएको हो । स्कुटर आफै सडकमा लछारीएर करिब १० मिटर पर सम्म पुगेको थियो । स्कुटर चालक घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

रवि, छवि सहितलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत कास्की
पोखरा, २५ कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप… पुरा पढौ

चितवन माइक्रोबस दुर्घटनाः ट्रेकिङ गरेर फर्किएका शिक्षक दम्पतीको ज्यान गयो

चितवन माइक्रोबस दुर्घटनाः ट्रेकिङ गरेर फर्किएका शिक्षक दम्पतीको ज्यान गयो
पोखरा, २६ कात्तिक/ चितवन माइक्रोबस दुर्घटनामा परेर नवलपुरका शिक्षक दम्पतीको निधन भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका हुन् । विराटनगरबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस र पोखराबाट नारायणगढतर्फ जादै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको उनीहरू सवार इलेक्ट्रिक माइक्रो भ्यान ठक्कर खाँदा भुषाल दम्पती सहित अन्य ३ जनाले ज्यान गुमाए ।… पुरा पढौ

झुटा लाञ्छना लगाएको भन्दै सूर्यदर्शन सहकारी पीडितको अपत्ती

झुटा लाञ्छना लगाएको भन्दै सूर्यदर्शन सहकारी पीडितको अपत्ती
पोखरा, २३ कात्तिक/ पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले रास्वपाका नेताहरुले झुटा लाञ्छना लगाएको बताएका छन् । पोखरामा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले सामाजिक सन्जाल र मिडियाहरुमा विना प्रमाण समाचार सम्प्रेषण गरिएको गुनासो समेत गरे । झुठा लान्छना लगाए, गलत किसिमका समाचार सम्प्रेषण गरेको भन्दै पारिवारिक जीवनलाई असर गरेको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । हाम्रो पछि लागेर यस्तो गतिविधि गर्दैगर्दा प्रमाण छ भने त्यो प्रमाणसहित ल्याउनु पर्ने उनको भनाई छ । सामाजिक सन्जालमा एउटा संघर्ष समितिको अध्यक्षसँग… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्ष पछि अर्को अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्ष पछि अर्को अन्तर्राष्ट्रिय उडान
पोखरा, २२ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्षपछि फेरि चिनियाँ जहाज आएको छ । पोखरामा हुने तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागि सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आएको हो । चीनको कुन्मिङबाट उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजे अवतरण गरेको हो । यसअघि सन् २०२३ नोभेम्बर २३ मै हिमालय एयरलाइन्सको जहाज पोखरा आएर फर्केदेखि पोखरामा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन् । हिमालयनले त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो । बिहीबार १… पुरा पढौ

पोखराको पुम्दीमा बस दुर्घटना

पोखराको पुम्दीमा बस दुर्घटना
पोखरा, २२ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपा नजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको रुखमा अड्किएको छ । बसमा सवार महिला ७ जना र पुरुष १७ जना गरी जम्मा २४ जना मध्ये २ जना घाईते भएका छन् । उनीहरुको नमस्ते अस्पताल बिरौटामा उपचार भएको छ । बसलाई क्रेनको सहायताले निकालीएको छ । घाइते हुनेमा… पुरा पढौ