समाचार

बुलौदीमा कार दुर्घटना

बुलौदीमा कार दुर्घटना
पोखरा, ४ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदी खोला पुलमा कार दुर्घटना भएको छ । हल्नचोकबाट जिरो किलोमिटर तर्फ आउदै गरेको बा५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो । बिहान ५ बजे भएको दुर्घटनामा कार सडकको डिभाडरमा उक्लेको छ । ओरालो सडक र घुम्दी भएका कारण यो ठाउँमा बेला बेलामा दुर्घटना भइरहने भए पनि पुल सम्बन्धीत पक्षको ध्यान जान सकेको छैन । दुर्घटना भएको कारमा दुई जना सवार थिए । उनीहरुलाई सामान्य चोट लागेको छ । पुरा पढौ

पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही

पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही
पोखरा, २ भदौ/ पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए कार्वाही गरेको छ । साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिए र कार्वाही गरिएको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताए । कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको थापाको भनाई छ । मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन… पुरा पढौ

पोखरा महानगरको अनुगमनः २ लाख ५५ हजार जरिवाना

पोखरा महानगरको अनुगमनः २ लाख ५५ हजार जरिवाना
पोखरा, २ भदौ/ पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य नभएको… पुरा पढौ

सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ

सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ
पोखरा, २ भदौ/ सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले फरार रहेका प्रतिवादी जिल्ला पर्सा विरजंग महानगरपालिका वडा १४ श्रीपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १७ घारीपाटन बस्ने ४८ बर्षीय अर्जुन नकर्मीलाई पक्राउ गरेको छ । सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पुर्व सचिव रहेका उनलाई… पुरा पढौ

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी
सोलुखुम्बु, ३२ साउन/ सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी बाढी आउदा खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ । केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था नभएको स्थानीयले बताएका छन् । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको अनुमान छ । थामे गाउँमा ४५ घरधुरीलाई बाढीले प्रभावीत बनाएको छ । थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ । https://www.facebook.com/clickgandaki/videos/1166971481189870 पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत
पोखरा, ३२ साउन/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा ९पौडेल० ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा… पुरा पढौ

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (पोखरा क्षेत्रमा कति)

नेपाल आयल निगम
पोखरा, ३१ साउन /नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले सूचना जारी गरेको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पाल्पाको लाखे नाच पोखरामा देखाइने
पोखरा, ३१ साउन/ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ । न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव… पुरा पढौ

पोखराका रात्रिक्लब र दोहोरी साँझबाट ७ बालिकाको उद्दार

पोखरा, ३० साउन/ पोखराका रात्रि क्लब र दोहोरी साँझबाट प्रहरीले ७ जना बालिकाको उद्दार गरेको छ । मंगलबार राति जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलीले ७ बालिकालाई उद्दार गरिएको हो । पोखराका रात्रिकालीन व्यवसायहरुमा बलिकाहरुलाई काममा लगाएको पाइएकाले ७ जना बलिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पोखरा ९ मा रहेको क्लब डी बाट ३ जना, चिप्लेढुङ्गा स्थित गाउँ सहर दोहोरी… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल विजयी (कस्को कति मत)

किशोर दाहाल
पोखरा, २९ साउन/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन भएका छन् । समितिको महासचिबमा चेतबहादुर कार्की, सचिबमा नवराज भण्डारी, सहकोषाध्यक्षमा संदिप श्रेष्ठ चयन भए । उनीहरु निर्विरोध चयन भएका हुन् । अन्य पदमा भने निर्वाचन भएको छ । प्रथम उपाध्यक्षमा संगिता पौडेल ८२ मत प्राप्त गर्दै विजयी भइन् । उनले अघिल्लो कार्यसमितमा द्धितिय उपाध्यक्षमा रहेकी कमला गिरीलाई हराइन् । गिरीले ४२ मत प्राप्त गरिन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा राजेश पहारी ६५ मत… पुरा पढौ