समाचार

“व्यवसायिक सीप- रोजगारी र आत्मनिर्भरता तर्फको कदम”

विन्दुकुमार थापा
पोखरा, ४ मंसिर/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर… पुरा पढौ

स्कुल हिँडेका पोखराको खुदीका बालक एक साता देखि बेपत्ता

स्कुल हिँडेका पोखराको खुदीका बालक एक साता देखि बेपत्ता
पोखरा, ३ मंसिर/ घरबाट स्कुल हिँडेका पोखरा ३२ तल्लो गगनगौंडा खुदीका १७ वर्षे बालक ६ दिनदेखि बेपत्ता छन् । राजाको चौतारामा रहेको व्रह्मरुपा माविको कक्षा ७ मा अध्ययनरत रविन परियार कात्तिक २८ गतेबाट हराएका हुन् । साथीभाइ, आफन्त र चिनजानकाहरुको घरमा समेत नभेटिएपछि परिवार छोराको खोजीमा भौंतारिएका छन् । कात्तिक २८ गते बिहान खानाखाएर स्कुलको ड्रेस लगाएर झोला बोकेर उनी घरबाट निस्केका थिए । स्कुल र घरबीचको दुरी २ किलोमिटर पनि छैन । घरबाट निस्केका रविनले नजिकै साथीकोमा गएर ड्रेसको… पुरा पढौ

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा, ३ मंसिर/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको… पुरा पढौ

जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछः प्रदेश प्रमुख भट्ट

जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछः प्रदेश प्रमुख भट्ट
पोखरा, ३ मंसिर/ राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दुर पुर्कुटीले आइतबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गरिएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले जातीय समस्यालाई ती समुदायको मात्र समस्याको रूपमा नलिई साझा समस्याका रूपमा लिनुपर्ने बताउनुभयो । दलित समुदायको हक, अधिकार र समानताका लागि… पुरा पढौ

गण्डकी प्रदेश सभाबाट सांसद विमला गौचनको अन्तिम बिदाइ

गण्डकी प्रदेश सभाबाट सांसद विमला गौचनको अन्तिम बिदाइ
पोखरा, १ मंसिर/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै गण्डकी प्रदेश सभामा अन्तिम बिदाइ गरिएको छ । गत २८ गते ग्राण्डी अस्पतालमा ह्दय घातका कारण निधन भएकी गौचनको शव गण्डकी प्रदेश प्रांगणमा राखिएको थियो । गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा मुख्यमन्त्री, मन्त्री, सांसद, सर्वसाधारण र आफन्तले श्रद्धाञ्जली दिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा… पुरा पढौ

रविलाई पोखरा ल्याउँदा कास्की प्रहरी कार्यालय अगाडीबाट ५ जना पक्राउ

रविलाई पोखरा ल्याउँदा कास्की प्रहरी कार्यालय अगाडीबाट ५ जना पक्राउ
पोखरा, ३० कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय कास्की लैजाँदै गर्दा नाराबाजी गर्ने ५ जना पक्राउ परेका छन् । रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ५ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन् । निषेधित क्षेत्रमा नाराबाजी लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान… पुरा पढौ

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने
पोखरा, ३० कार्तिक/ पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो । सेती नदी र फुस्रेखोलाको संगम स्थल ९देबिल्लाघाट० धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए । एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी… पुरा पढौ

जात्रा हेरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

दुर्घटना
कात्तिक, ३० दार्चुला/ मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। म १ ज ३३८ नम्बरको बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। जीपमा सडक भन्दा निकै तल खसेको छ । रातिको समय भएकोले उद्धार कार्यमा कठिनाइ भएको थियो । पुरा पढौ

पोखरा फर्कने बेला कञ्चनपुरमा बसमा छुटेका मनिष, ५ दिन देखि सम्पर्क विहीन

पोखरा फर्कने बेला कञ्चनपुरमा बसमा छुटेका मनिष, ५ दिन देखि सम्पर्क विहीन
पोखरा, २९ कात्तिक/ पोखरामा पढ्दै आएका मनिष दशैं तिहार मनाएपछि घर पथरीबाट पोखरा फर्कने बेला कञ्चनपुरमा बस खाना खान रोकिँदा झरेको र त्यहाँबाट छुटेछन् । ५ दिन देखी सम्पर्क विहीन छन् । आफै हराएको भन्नेमा परिवार शत प्रतिशत अस्विकार गरेको छ । पथरीमा १ घण्टा बस कुरेर काकडभिट्टाबाट आएको बस चढेका थिए । मोबाइल भोलिपल्ट बर्दिबासमा ट्रयाक भयो । परिवार खोजीका क्रममा त्यहीँ छन् । प्रहरी पनि अनुसन्धानमा छ । मनिष १२ कक्षा बढ्ने अब्बल विद्यार्थी हुन् । उनका कक्षाका… पुरा पढौ

पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने
पोखरा, २९ कात्तिक/ पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीले सुचना जारी गर्दै पोखरा–मुग्लिङ सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गर्न मंसिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको जनाएको छ । सडक राति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ । यो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने छ… पुरा पढौ