समाचार

प्रदेश प्रमुख मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण

प्रदेश प्रमुख मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण
पोखरा, ११ कार्तिक / गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी… पुरा पढौ

पत्रकार क्षेत्रीको ह्दयघातका कारण निधन

प्रेम क्षेत्री
पोखरा, ११ कात्तिक/ पत्रकार प्रेम क्षेत्रीको ह्दयघातका कारण निधन भएको छ । नेपाल पत्रकार महासँघ चितवनका सदस्य, नवलपुरको विजय एम एम का सहायक स्टेसन म्यानेजर प्रेम क्षेत्रीको हृदयघातको कारण निधन भएको हो । उनको आज नै अन्तेष्टि गर्न तयारी भएको छ । उनका निधनमा विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् । पुरा पढौ

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित
पोखरा, ११ कात्तिक/ इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । एगाको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, सह सचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढकाललाई निर्वाचित गरेको छ । समितिका सदस्यहरूमा रामकृष्ण तिमल्सिना, रमेश सुवेदी, नारायण पाण्डे, होमराज भण्डारी र सुन्ती पूर्जा रहनुुभएको छ । अधिवेशनका लागि पूर्व अध्यक्ष कृष्णकुुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्वय चिरञ्जिवी पोखरेल र जीवनाथ गौतम रहनुुभएको… पुरा पढौ

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड
पोखरा, १० कात्तिक/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा रोयल्टी बाँडफाँड समन्यायिक हुनुपर्नेमा त्यो हुन नसकेको बताउँदै वक्ताहरूले बर्तमान अवस्थामा रोयल्टी वितरणमा असमानता देखिएको धारणा राख्नुभयो । कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका सदस्य डा.जुुद्धबहादुर गुरुङले प्राकृतिक स्रोतको विद्यमान प्रतिशत निर्धारणको पुनरावलोकनका साथै आधारहरू तय गर्ने सन्दर्भमा सम्बद्ध पक्षहरूसँग छलफल एवम् अन्तरक्रिया बढाइएको… पुरा पढौ

पोखरामा चोरी आरोपमा २ जना पक्राउ

पोखरामा चोरी आरोपमा २ जना पक्राउ
पोखरा, ९ कात्तिक/ पोखरा महानगरपालिका वडा ८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री, एउटा घडी र नगद समेत चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कात्तिक १ गते भएको चोरीमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखा भिमसेन ६ का घर भई पोखरा महानगरपालिका वडा नम्बर १५ घलेचोक बस्ने ३९ बर्षिय राम बहादुर नेपाली र २६ बर्षिय गोमा गुरुङलाई पक्राउ गरेको हो । चोरी भएको सुनको सिक्री दुई टुक्रा पारिएको अवस्थामा १ थान, घडी… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान शनिबार बिहान

रक्तदान
पोखरा, ९ कात्तिक/ एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको… पुरा पढौ

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते, तीनको अवस्था गम्भिर

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते, तीनको अवस्था गम्भिर तस्बिरः सामाजीक सञ्जालबाट
पोखरा, ९ कात्तिक/ काठमाडौंबाट चितवनको कुरिनटार आउदै गरेको इभि माइक्रो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । रिजर्भ गरेर मनकामना दर्शनका लागि जाँदै गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । पुरा पढौ

होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुबेदी

होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुबेदी
पोखरा, ९ कात्तिक/ होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनः लक्ष्मण सुबेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१ औ अधिवेशन तथा ४२ औ साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए । सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको… पुरा पढौ

काठमाण्डौं देखि दौडिएर पोखरासम्म

काठमाण्डौं देखि दौडिएर पोखरासम्म
पोखरा, ८ कार्तिक/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले करिब साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गर्नु भएको छ ।… पुरा पढौ

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा
पोखरा, ७ कात्तिक/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए । जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा… पुरा पढौ