समाचार

पोखरामा मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

पोखरामा मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ
पोखरा, १४ मंसिर/ पोखरामा मोटरसाइकल चोरी गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंसिर ५ गते पोखराको चिप्लेढुंगामा पार्किङ गरी राखेको ग२३ प ९२०८ नम्बरको डुक मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १७ डेभिजफल बस्ने २२ बर्षिया बिजय थापालाई पक्राउ गरेको हो । ‘बिजय थापा’ नाम गरेको फेसबुक आईडिमा मोटरसाइकलका पार्टपुर्जा बिक्रीको लागि राखेको भेटिएको पछि प्रहरीले मंसिर १२ गते पक्राउ गरेको हो । सोधपुछ… पुरा पढौ

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण
पोखरा, १४ मंसिर/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल… पुरा पढौ

लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको दोस्रो क्याविनेट बैठक आज देखी

लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको दोस्रो क्याविनेट बैठक आज देखी
पोखरा, १४ मंसिर/ सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको क्याविनेट बैठक पोखरामा आजबाट शुरु हुदैछ । लायन्स क्लब अफ मुनालको आयोजना तथा लायन्स क्लब अफ मर्दीको सहआयोजनामा दुई दिन सम्म पोखरामा डिस्ट्रिक्ट ३२५ एलको दोस्रो क्याबिनेट बैठक हुन लागेको हो । लायन्सको क्याविनेट बैठकमा लाइन्स क्लबका ५ सय ५० जनाले सहभागिता जनाउने रजिस्टे«शन समितिका संयोजक राजु अधिकारीले जानकारी दिए । शुक्रबार क्याविनेटको मिटिङमा विभिन्न विषयमा छलफल हुनेछ । त्यसै गरी सदस्यहरुका लागि मोटिभेसनल स्पिच, आयुबेद सम्मबन्धी… पुरा पढौ

भारतको दिल्लीबाट पहिलोपल्ट पोखरामा अन्तर्राष्ट्रिय उडान

भारतको दिल्लीबाट पोखरा विमानस्थलमा आएको विमान तस्बिर सामाजीक सञ्जालबाट
पोखरा, १३ मंसिर/ भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान भएको छ । दिल्लीबाट आज जेट एयरको बिमान पोखरा आएको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । जहाज साँझ ५ः५० बजे अवतरण गरेको हो । पाइभेट सिंगल इन्जिन जेट बिमानमा चालक दल सहित ४ जना पोखरा विमनस्थलमा अवतरण गरेका हुन् । आज पोखरामा मै बसेर भोलि बिहान पोखराबाट बंगलादेशका लागि उडाने छ । दुई वर्षको अवधिमा आज सहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने लागेको हो… पुरा पढौ

भारतको दिल्लीबाट पोखरा विमानस्थलमा चार्टर्ड उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १३ मंसिर/ भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरण हुने तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने छ । दुई वर्षको अवधिमा आज सहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने लागेको हो । आगामी डिसेम्बर २६ मा पनि चिनबाट… पुरा पढौ

रवि लामिछानेलाई काठमाडौं लगियो

रवि लामिछानेलाई काठमाडौं लगियो तस्बिरः फेसबुकबाट
पोखरा, १३ मंसिर/ सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं लगिएको छ । उनलाई साझँ बुद्ध एयरको जाहजबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई आरोपित गरेर जाहेरी दिएपछि अनुसन्धानका लागि काठमाडौं लगिएको उनले बताए । लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ । रविलाई अहिले पोखरका सुर्यदर्शन सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेको छ । यस अगाडी कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि… पुरा पढौ

पोखराको बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन

पोखराको बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन
पोखरा, १२ मंसिर/ पोखरा १७ बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन सञ्चालनमा आएको हो । स्केटिङको समाजसेवी नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका सञ्चालक नारायणप्रसाद पौडेलले उद्घाटन गरे । वैदेशिक रोजगारीबाट फर्केका ४ युवाले लगानी गरे स्केटिङ सञ्चालनमा ल्याएका हुन् । कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट/भाट समाज नेपाल कास्की अध्यक्ष सूर्यबहादुर रानाभाट लगायतले युवा पलायन बढिरहेका बेलामा देशमै केही गर्छु भन्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।… पुरा पढौ

प्राईम सहकारी ठगी सम्बन्धी कसूरमा थप १ जना मानिस पक्राउ

प्राईम सहकारी ठगी सम्बन्धी कसूरमा थप १ जना मानिस पक्राउ
पोखरा, ११ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी थप एक जना पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका वडा नम्बर १० का ५६ बर्षिय शंकर नारायण श्रेष्ठलाई मंसिर ८ गते कास्की प्रहरीको टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतबाट मंसिर ११ गते ५० लाख धरौटी माग गरेकोमा रकम तिर्न नसकी कारागार चलान भएको छ। पुरा पढौ

हिसानको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्डका सुयोग प्रथम

हिसानको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्डका सुयोग प्रथम
पोखरा, ११ मंसिर/ मदरल्याण्ड सेकेण्डरी स्कुलका सुयोग अधिकारी निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका छन् । हिसान कास्कीले आयोजना गरेको अंग्रेजी तथा नेपाली निबन्ध लेखन प्रतियोगितामा अंग्रेजी विधातर्फ उनी प्रथम भएका हुन् । सुयोग कक्षा १२ का छात्र हुन् । १७ औं हिसान स्पोर्टस् मिट–२०८१ अन्तर्गत हिसानले गत ७ मंसिरमा सगरमाथा स्कुलमा m प्रतियोगिता आयोजना गरेको थियो । विजेतालाई मंगलबार पोखरा रंगशालामा आयोजित १७ औं हिसान स्पोर्टस् मिट उद्घाटनमा पुरस्कृत गरिएको हो । प्रतियोगितामा एक्स आर्मी पब्लिक सेकेण्डरी स्कुलका अंकित रानाभाट,… पुरा पढौ

१७ औं हिसान कास्की स्पोर्टस् मीट, स्वस्थ शरीर बनाउ खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट

१७ औं हिसान कास्की स्पोर्टस् मीट, स्वस्थ शरीर बनाउ खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पोखरा, ११ मंसिर, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र… पुरा पढौ