समाचार

छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइपु¥याए

छविलाल जोशी
पोखरा, ६ असोज/ गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई प्रहरी काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइपु¥याएको छ । बुद्ध एयरको फ्लाइटबाट पोखरा ल्याइपु¥याइएको हो । सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ । उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलन सम्बन्धी विषयमा पक्राउ गरिएको प्रहरीले बताएको छ । जोशीको घरबाट… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन र भ्रष्ट्रचार छानविन गर्न मागर्दै पोखरामा प्रर्दशन

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन र भ्रष्ट्रचार छानविन गर्न मागर्दै पोखरामा प्रर्दशन
पोखरा, ६ असोज/ पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै पोखरामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजिनामा माग गरेका छन् । राष्ट्रिय एकता अभियान नेपाल, पोखराको अगुवाईमा पोखरामा प्रदर्शन गरेर असफल तथा भ्रष्ट महानिर्देशकको आरोप लगाउदै सरकारसँग बर्खास्त गर्न माग गरेको छ । राष्ट्रिय एकता अभियान नेपालले जिल्ला प्रसाशन कार्यालय कास्कीमा विरोध प्रदर्शन गरिएको छ । सन्चालन भएको लामो सयमसम्म पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसकेको भन्दै विरोधमा सहभागीले सरकारको ध्यानाकर्षण गराए । विमानस्थल निर्माणमा अनियमितता र अन्तराष्ट्रिय उडान… पुरा पढौ

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं
पोखरा, ६ असोज/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई आइतबार दिऊसो पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले नियन्त्रणमा लिएको हो । साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि… पुरा पढौ

पोखरा महानगरका मेयर धनराज आचार्य अमेरिका प्रस्थान

पोखरा महानगरका मेयर धनराज आचार्य अमेरिका प्रस्थान
पोखरा, ४ असोज/ पोखरा महानगर प्रमुख धनराज आचार्य राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गरेका छन् । सप्तहाव्यापी भ्रमणका क्रममा उहाले नेपाली डे का अवसरमा आयोजित कार्यक्रम तथा दुतावासको कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ । विश्व विद्यालयमा आयोजना हुने समारोहलाई सम्बोधन गर्ने, न्युयोर्क तथा ईथागा नगरका प्रमुख तथा प्रतिनिधिहरु संग भेटघाट गर्ने लगायतका कार्यक्रम रहेको छन् । भ्रमणका क्रममा विशेषगरि पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायतमा अनुभवहरुको आदनप्रदान तथा दुईपक्षिय हितका सवालमा साझेदारी गर्ने विषयमा केन्द्रित… पुरा पढौ

पोखराको महेन्द्रपुलमा फल्चा

पोखराको महेन्द्रपुलमा फल्चा
पोखरा, ४ असोज/ महेन्द्रपुलमा नेवारी संस्कृती झल्कने फल्चा निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका र विभिन्न ब्याक्तिहरुको सहयोगमा पोखराको महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृती झल्काउने फल्चाको संविधान दिवसको अवसर पारी उद्घाटन गरिएको छ । महेन्द्रपुलसंगै जोडिएको सार्वजनिक जग्गामा निर्माण भएको फल्चासंगै अत्याधुनिक शौचालय र तल्लो साइडमा झण्डा पार्क रहेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फल्चाको उद्घाटन गर्दै सार्वजनीक जग्गाको सदुपयोग गर्दै झण्डापार्क, अत्याधुनिक शौचालय र फल्चा निर्माण गरिएको बताए । उनले त्यहाँ रहेको पुस्तकालय र आर्ट… पुरा पढौ

रुपा गाउँपालिकामा ४७ करोडमा बन्ने रिङरोड बन्दै, दोस्रो खण्डको शिलान्यास

रुपा गाउँपालिकामा ४७ करोडमा बन्ने रिङरोड बन्दै, दोस्रो खण्डको शिलान्यास
पोखरा, ४ असोज/ कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री… पुरा पढौ

पोखरा २५ अम्बोटको भोलुंगे पुलको उद्घाटन

पोखरा २५ अम्बोटको भोलुंगे पुलको उद्घाटन
पोखरा, २ असोज/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ… पुरा पढौ

श्रमिक संघको महासचिव पोखराका भट्टराई मनोनित

केशवराज भट्टराई
पोखरा, १ असोज/ नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका केशवराज भट्टराई मनोनित भएका छन् । भाद्र २८ र २९ गते नवलपुरमा भएको संघको सम्मेलनबाट भट्टराइ महासचिवमा मनोनित भएका हुन् । गत वर्ष अधिवेशनबाट अमृतलाल जोशी नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । निर्वाचित समितिले विधान वमोजित भट्टराईलाई महासचिवमा मनोनित गरिएको संघले जनाएको छ । भट्टराई यस पहिलोको समितिमा उपमहासचिव थिए भने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्वसचिव हुन् । उनि पोखराको सुजल डेरिमा कार्यरत छन् । संघ नेपाली कांग्रेस निकट… पुरा पढौ

पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला

पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
पोखरा, ३१ भदौ/ नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र… पुरा पढौ

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार
पोखरा, ३१ भदौ/ राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक निर्वाचित भए । यस्तै अधिवेशनले… पुरा पढौ