
दुर्घटना
पोखरा, २ पुष/ पोखरा महानगरपालिका २६ बुढिबजारमा सोमबार राति रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ ।
ग११प ६०५६ नम्बरको मोटरसाइकललाई लु२ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे र दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





