
दुर्घटना फाइल तस्बिर
पोखरा, ४ पुस/ पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
ग १ ज ६८२१ नम्बरको जिप पौने ३ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जिप सडकबाट तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।





