तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष १ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

विराटनगर, १ पुस/ झापाको दमक नगरपालिका वडा नम्बर १० सेतुमारी चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका वडा नम्बर ५ की ३२ वर्षीया जमुना धिमाल र सोही स्थान बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई छन् । उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ बस्ने २७ वर्षीय विराज थापा घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ ।