घान्द्रुक दुर्घटनाका घाइतेलाई सिम्रिक एयरबाट उद्धार गरी पोखरा ल्याइयो

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०८१ मा प्रकाशित


घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो

घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो

पोखरा, ४ पुष/ पोखराबाट अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो बिहीबार दिउँसो दुर्घटना भएको छ । ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते मध्य १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गरिए पोखराको मणिपाल अस्पतालमा ल्याएको छ । चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका काठमाडौंबाट घान्द्रुक घुम्न आएको प्रहरीले जानकारी दिएको छ ।



Tags: