पोखरामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष ३ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ३ पुस / पोखरामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोमबार साँझ पोखरा–३२, लामेआहालमा बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा ३२, लामेआहालका डम्बर बहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प. ००६ख ५४४३ नम्बरको बसले ग.२१ प. ६४७४ नम्बरको स्कुटरलाई ठक्कर दिदा पुनको मुत्यु भएको हो ।

ठक्करबाट घाइते पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले बस र बसचालक खोटाङका रमेश विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसै गरी पोखरा २६, बुढीबजारमा सोमबार साँझ टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ३३, बागमाराका २८ वर्षका अशोक लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ ।

लामिछाने सवार ग११प ६०५६ नम्बरको मोटरसाइकललाई लु २ ख ४५२७ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारकालागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।



Tags: