
घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो
पोखरा, ४ पुष/ पोखराबाट कास्कीको घान्द्रुकमा जादाँ गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग१ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना भएको हो ।
मृतकको पहिचान खुलेको छैन । घाइतेहरू मध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा जिल्ला मुस्ताङ थासाङ गापा १ टुकुचे बस्ने बर्ष ७० की भिम कुमारी थकाली रहेको प्रहरीको भनाई छ ।
घाईतेहरुको विवरण
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १६ दिप बस्ने बर्ष २० की रिहाना थकाली, शरीरको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेको ।
जिल्ला मुस्ताङ थासाङ गाउपालिका वडा नं। १ टुकुचे बस्ने बर्ष ३१ की ज्योती खत्री थकाली, दायाँ साप्रा र टाउकोमा चोट, अवस्था मध्यम रहको ।
जिल्ला बाग्लुङ गलकोट नगरपालिका वडा नं।१ झाँक्रीस्थान बस्ने बर्ष ७६ की खिम कुमारी खत्री, टाउको र बायाँ खुट्टामा चोट, अवस्था मध्यम रहेको ।
ऐ।ऐ। बस्ने अं। बर्ष ५०।५२ की नविना खत्री, टाउको र बायाँ हातको पाखुरामा चोट, अवस्था मध्यम रहेको ।
उक्त सवारी चालक जिल्ला स्याङ्जा भिरकोट न।पा।२ डाँडाकोट बस्ने बर्ष ४३ को गोबिन्द श्रेष्ठ (प्रहरीको नियन्त्रणमा रहेको, सकुशल)
सोही स्कारपियोमा सवार जिल्ला बाग्लुङ गलकोट न।पा।१ झाँक्रीस्थान बस्ने बर्ष ४० की अनिता खत्री ९सकुशल०





