घान्द्रुकमा स्कारपियो दुर्घटनाः १ जनाको मृत्यु, ४ घाइते

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०८१ मा प्रकाशित


घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो

घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो

पोखरा, ४ पुष/ पोखराबाट कास्कीको घान्द्रुकमा जादाँ गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग१ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेहरू मध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।



Tags: