समाचार

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो
पोखरा, १९ कात्तिक/ वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेकी छिन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल ल्याइएको हो । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको… पुरा पढौ

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका
पोखरा, १८ कात्तिक / तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान
पोखरा, १६ कात्तिक / नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा
पोखरा, १६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेको, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई ट्राफिक कारवाही गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि… पुरा पढौ

पोखरा महानगरपालिकाका करारका कर्मचारीलाई बिदा गर्ने पोखरा महानगरको निर्णय

पोखरा महानगरपालिका
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ । महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । बैठकले सर्वसम्मत निर्णय गरेको छ । कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।… पुरा पढौ

पाताले छाँग्रोमा स्थानीयको ताला

पाताले छाँग्रोमा स्थानीयको ताला
पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँग्रो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् । पोखरामा महानगरपालिकाले पाताले छाँग्राको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् । बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने बताउदै आएका छन् । महानगरले… पुरा पढौ

गण्डकीका सबैजसो मन्त्री सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति सम्पत्ति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा, १४ कात्तिक/ गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री धनी देखिन्छन् । उनीहरुको ठाउँठाउँमा घर र जग्गाका साथै प्रशस्त गरगहना उनीहरूसँग रहेको पाइएको छ । गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीका रूपमा सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीको पनि उत्तिकै सम्पत्ति छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सम्पत्तिका हिसाबले धनी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नाममा विभिन्न ठाउँमा जग्गा र घर छ । उनको पालुङटार–१ मा घर र… पुरा पढौ

पोखरामा म्याथिस हरगोर्जलाई सम्मान

पोखरामा म्याथिस हरगोर्जलाई सम्मान
पोखरा, १४ कात्तिक/ अन्नपूर्ण हिमालको पहिलो आरोही फ्रेन्च नागरिक मौरिस हर्गोजका छोरा म्याथिस हरगोर्जलाई पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र पोखरा पर्यटन परिषद्ले पोखरामा म्याथिस हरगोर्जलाई सम्मान गरेको हो । मौरिस हर्गोजले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले म्याथिस हरगोर्जलाई ढाकाटोपी, खादा र मायाको चिनो दिदै सम्मान गरे । सम्मान कार्यक्रममा पाठकले मौरिस हर्गोजले हिमाल आरोहण गर्नुका साथै अन्नपूर्ण पुस्तक प्रकाशन गरे… पुरा पढौ

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुगमन

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुगमन
पोखरा, १३ कात्तिक/ पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फुलका माला र फुलका गुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य पूूmलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि।स। २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य पूूmलगुुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा… पुरा पढौ

पोखरामा पटका बनाउने क्रममा पटका पड्कियो, १ जना बालक घाइते

पोखरा, १२ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोला रोइकरे बस्ने १७ बर्षिय असिम परियार पटका बनाउने क्रममा पड्किएर घाइते भएका छन् । आल्मुनियमको पातामा २० बट्टा सलाईको काटिले पटका बनाउने क्रममा अचानक पड्किन जाँदा घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा सामान्य उपचार पछि काठमार्डौ पठाएको छ । निजको शरीरको विभिन्न स्थानमा चोट लागेको अवस्था मध्यम बोल्न सक्ने रहेको । थप उपचरको लागी कीर्तिपुर अस्पताल काठमाण्डौ रिफर गरिएको छ । वडा प्रहरी कार्यालय बैदाम… पुरा पढौ