समाचार

मंसिर अन्तिम साता लान्द्रुकमा ‘हनी हन्टिङ’

मंसिर अन्तिम साता लान्द्रुकमा ‘हनी हन्टिङ’
पोखरा, ९ मंसिर/ मंसिर अन्तिम साता कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने भएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुन लागको हो । बर्सेनि भीर मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको छ । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताएका छन् । यस वर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको लान्दुका पोखरा सम्पर्क समितिका… पुरा पढौ

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो
पोखरा, ९ मंसिर/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागेको हो । आज पनि प्रहरीले म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप गरेर क्रमशः उनलाई काठमाडौँ र चितवन लैजाने प्रहरीको तयारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा लामिछाने कास्की प्रहरीको… पुरा पढौ

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा, प्रमुख बाचक अमेरिकाबाट आए

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा, प्रमुख बाचक अमेरिकाबाट आए
पोखरा, ८ मंसिर/ पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी ९सेती नदी० को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल… पुरा पढौ

पोखरामा नेपाली परम्परा अनुसार बिदेशीको बिहे (भिडियो सहित )

पोखरामा नेपाली परम्परा अनुसार बिदेशीको बिहे
पोखरा, ८ मंसिर/ अष्ट्रेलियन नागरिक म्याट र मार्लिनले पोखरामा नेपाली परमपरा अनुसार बिहे गरे । बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठको अवसरमा पोखरामा धुमधामका फेरी बिहे गरेर मनाए । २५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएको थियो । पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट (म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा श्रीमती मार्टिन दुलाहीको भेषमा सजिएकीलाई जन्ती सहित लिन आउछन् । विदेशी र नेपाल जन्ती बाजाँमा नाचगान गर्दै… पुरा पढौ

लेकसाइडको होस्टेलमा जबरजस्ती करणी गराउने ३ जना पक्राउ

लेकसाइडको होस्टेलमा जबरजस्ती करणी गराउने ३ जना पक्राउ
पोखरा, ७ मंसिर/ पोखरा ६ लेकसाईडको एक होस्टेलमा बालिकाहरु राखी यौन बाध्य तुल्याएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । कोठामा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले बालिकाहरुको उद्दार गरेको छ । पीडित बालिकाहरुसंग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भनेर ल्याएको बताएका प्रहरीले जानकारी दिएको छ । बालिकाहरुलाई कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक… पुरा पढौ

राउटे मुखिया ‘बडा तिहार’ मनाउने खर्च जुटाउन पोखरामा

राउटे मुखिया ‘बडा तिहार’ मनाउने खर्च जुटाउन पोखरामा
पोखरा, ६ मंसिर/ लोपोन्मुख समुदायका रुपमा रहेको राउटे यती बेला चार्ड मनाउ खर्च जुटाउन पोखरामा आएको छ । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वको टोली पोखरा आएको हो । लोपोन्मुख समुदायका रुपमा रहेको राउटको ठुलो चार्ड ‘बडा तिहार’ आउदैछ । चार्ड मनाउने खर्च जुटाउन सुर्खेतबाट राउटे टोली पोखरा आइपुगेको छ । राउटे मुखिया शेर बहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोली पोखरा आएको हो । चार्डका लागि एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन… पुरा पढौ

कास्कीमा भूकम्पको धक्का

भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीमा भूकम्पको धक्का महसुश भएको छ । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको हो । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । कामकाजको बेला भएका कारण धेरैले भूकम्प गएको थाहा भने पाएनन् । पुरा पढौ

हरित यातायात प्रणालीको शुरुवात लामाचौर–छोरेपाटन रुटमा गरिने

हरित यातायात प्रणालीको शुरुवात लामाचौर–छोरेपाटन रुटमा गरिने
पोखरा, ५ मंसिर/ हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ। तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ। पहिलो चरणमा १८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउनेछ। यसको पाइलोटिङ्संगै आगामी दुई वर्ष भित्र… पुरा पढौ

पोखरा हेम्जामा दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु

किरण अधिकारी
पोखरा, ५ मंसिर/ पोखरा २५ हेम्जाको सापकोटाचोक नजिकै दुर्घटना हुदाँ लोकदोहोरी गायक किरण अधिकारीको मृत्यु भएको छ । सोमबार राती २ बजेतिर स्कुटर दुर्घटनामा परी कास्की नौडाँडाका २७ वर्षीय किरण अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । चिप्लेढुंगाको गाउँशहर दोहोरी साँझमा गीत गाउँदै आएका किरण ड्युटी सकिएपछि साथीलाई छाड्न हेम्जा गएका थिए । साथीलाई मिलनचोकमा छाडेर फर्कदैं गर्दा मोडमा आइपुग्दा सिधै फलामेबारतिर ठोक्किन पुगेका थिए । स्थानीयका अनुसार घुम्तीनेरको सडक छेउको फलामे बारमा ठोक्किएर अधिकारीको टाउको फुटेको थियो । मध्यराति सडकबाट… पुरा पढौ

दुर्गा प्रसाईं पक्राउ, प्रधानमन्त्री माथि गम्भीर आरोप लगाए

दुर्गा प्रसाईं
काठमाडौं, ४ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबीमा राखीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको जनाएको छ ।… पुरा पढौ